शिक्षा तथा मानव स्रोत विकास केन्द्रले १६३ स्थानीय तहमा माध्यमिक तहमा स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलव भत्ता हस्तान्तरण गरेको छ ।
केन्द्रले चालु आवको आधारभूत तथा माध्यमिक तहका शिक्षकहरुका लागि तलव भत्ता शीर्षकमा बजेट कम भइ नपुग बजेट हस्तन्तरण गरेको हो ।
केन्द्रमा माग भए अनुसार स्थानीय तहमा कार्यरत शिक्षकको थप तलव भत्ता शीर्षकमा बजेट स्वीकृत भइ सम्वन्धित स्थानीयमा हस्तान्तरण गरिसकिएको केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्माले जानकारी दिए ।