Bachelors Portal

टुरिजम विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्य छ, ए.आइ.टी.एम कलेज

ललीतपुर  ।  होटेल म्यानेजमेन्ट क्षेत्र रोज्ने जो कोहिका लागि परीचित नाम हो, ‘एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजि एण्ड म्यानेजमेन्ट (ए.आइ.टी.एम) । ललीतपुर खुमलटारमा रहेको सो कलेज केहि दिन अघि बेस्ट होटल म्यानेजमेन्ट कलेज अफ नेपाल २०१९ अवार्डबाट सम्मानीत भएको छ ।

 सिकाईलाई पहिलो प्राथमिकतामा राख्दै अध्यापन गराउँने सो कलेजले प्रयोगात्मक शिक्षालाई विशेष महत्व दिएको छ । 

                    


यसै सन्दर्भमा कलेजका होटल व्यावस्थापनका विभागीय प्रमुख बसन्तराज जोशीसंग इ.डी.यूं सञ्जालका सिताराम शर्माले गरेको कुराकानीको सारसंक्षेपः 

कलेज कसरी स्थापना हुन पुग्यो ? 

एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजि एण्ड म्यानेजमेन्ट शुरुमा ह्वाईट हाउस स्कुल अफ होटल म्यानेजमेन्टको नामले सन् २००६ मा स्थापना भएको हो । विगतमा सो शैक्षिक संस्थाको गोदावरीमा ‘होटल भ्यू भृकुटि’मा होटेल भित्र सञ्चालन भएको थियो । 


स्कुल र होटेल एकै ठाउँमा सञ्चालन गर्दा विद्यार्थीलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान दिन सजिलो हुन्थ्यो । भाडामा लिइएको सो होटेलमा कलेज चलाउनु भन्दा आफ्नै भवनबाट सञ्चालन गर्ने सोंच आएपछि सन् २००९ मा पुरानो ह्वाइट हाउसको भवनमा सारीयो । 


त्यतिबेला पुर्वाञ्चल विश्वविद्यालय विएचएम कार्यक्रम संञ्चालन भएको थियो । त्यस्तै सन् २०१० मा आएर इन्टरनेशनल म्यानेजमेन्ट इन्स्टिच्यूट अफ आई.एम.आई. स्विजरल्याण्डबाट तिन बर्षको हायर डिप्लोमा इन इन्टरनेशनल होटेल एण्ड टुरिजम म्यानेजमेन्ट एजविएचएम कार्यक्रम सुरु भयो ।

 सन् २०१४ बाट सो कार्यक्रम चार वर्षे भयो । २०१६ मा ह्वाईट हाउस स्कुल अफ होटल म्यानेजमेन्टबाट सारेर एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजि एण्ड म्यानेजमेन्टमा नाम परिवर्तन गरियो ।

 अहिले एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजि एण्ड म्यानेजमेन्ट अन्तर्गत वि.एच.एम कार्यक्रम चल्दै आएको छ । 


कति बर्ष भयो विएचएम कोर्ष संञ्चालन भएको, कति ब्याज पास ग¥यो,कति विद्यार्थी पास भए ? 

सन् २००८ देखि सन् २०१९ सम्ममा हेर्दा यो ११ बर्षमा आठवटा व्याच उत्तिर्ण भइसकेका छन् । जसमा करिव ४०० विद्यार्थिले पास गरीसकेका छन् । यहाँबाट पास गरेका विद्यार्थीहरु संसारको होटेलहरुमा काम गर्छन्, कति विद्यार्थिले आफ्नै व्यावसाय सञ्चालन गरीरहेका छन् । 


उत्पादीत जनशक्तिको बजारमा कस्तो माग छ ? 

विस्वमानचित्रमा हस्पिटालिटी उद्योगको पृष्ठभुमी हेर्दा एउटा तथ्यांक अनुसार संसारमा अहिले जम्मा ७ लाख होटलहरु छन् । त्यसमा डेढ करोड तालिमप्राप्त जनशक्ती काम गर्दछन् ।

डेढ करोडमा हरेक बर्ष १० प्रतिशतकोअवकाश दर (Retirement Rate) बाट हेर्दा १५ देखि २० लाख मान्छे हरेक बर्ष यस उद्योगबाट टाढिने गर्छ र त्योरिक्त स्थानमा तेत्तिकै संख्यामा जनशक्ती भर्ना हुनुपर्ने तथ्यांक देखापर्छ।

होटल म्यानेजमेण्ट शिक्षा लिएकको यतिधेरै जनशक्ती हरेक वर्ष संसारभरबाट तयार हुनुपर्छ । यसबाट होटेल म्यानेजमेण्ट शिक्षाको भविष्य आकलन गर्नसकिन्छ । त्यही कुरा नेपालको सन्दर्भमा हेर्दा होटल एसोसिएसन अफ नेपालको २०१७–१८ को तथ्याङक अनुसार नेपालमा मात्रै २,५०० होटल छन् । 

त्यसमा चानचुन ३ लाख जना काम गर्छन् । त्यो तीन लाखको १० प्रतिशतको अबकाश दर (Retirement Rate) हेर्दा जम्मा ३० हजार जना हरेक बर्ष कोहि अवकाश हुन्छन, कोही छोड्छन् भने कोही आफ्नै अन्य कुनै व्यावसाय गर्छन् ।

यो ३० हजार होटेल छोडेका व्यक्ति जो छन् त्यसमा फेरी संख्या परिपूर्ति हुनुपर्यो। त्यही परिपूर्ति हुनुपर्ने संख्यानै नेपाली होटेल व्यावसायको अहिलेको माग हो । भन्नुको अर्थ न्युनतम ३० हजार मान्छे हामीलाई हरेक बर्ष चाहिएको छ।

 अझ अन्य साना तथा मझौला होटेल तथा लजहरु हेर्ने हो भने यो संख्या सातहजार पुग्छ र आवश्यक जनशक्ती पचास हजार भन्दा बढी हुन्छ । तर एउटा आश्चर्यजनक कुरा के छ त भन्दा हामीसँग अहिले साठी भन्दा बढी होटल म्यानेजमेण्ट कलेजहरु छन् र यी कलेजहरुबाट औषत २५ सय विधार्थी हरेक बर्ष दिक्षित हुने गरेका छन् ।

साना तथा मझौला होटल म्यानेजमेण्ट ट्रेनिङ्ग सेन्टरहरुबाट ४–५ हजारसम्म जनशक्ती हरेक बर्ष उत्पादन हुन्छ र यो पनि जोड्ने हो भने नेपालमा होटेलको लागि हरेक बर्ष करिब ७ हजार जना तालिम प्राप्त जनशक्ती उत्पादन हुन्छ तर माग भने न्युनतम ३० हजारको छ ।

जहाँ माग ३० हजारको छ त्यहाँ जम्मा ३०० जना पनि कामगर्न चाहदैन किन भने सबैजना विदेशमा गएर काम गर्न रुचाउछ्न । अहिलेको जनशक्तीको प्रमुख गन्तब्य स्थान भनेको दुबई, कतार, ओमान, मलेसिया लगाएतका अन्य खाडी मुलुकहरु हुन् ।


शिक्षण पद्यती कस्तो रहेको छ ? 

पहिलो कुरा त होटेल म्यानेजमेन्ट भनेकोनै व्यावसायिक शिक्षा हो । यो कोर्षको लक्ष्य भनेको नै पढाई सकेर व्यावसायी वन्नु हो वा जागिर गर्नु हो । त्यसैले प्रयोगात्मक हुनुपर्ने हुन्छ । हाम्रोमा सैद्धान्तिक र प्रयोगात्मक पचास-पचास प्रतिशत रहेको छ ।

 तीन वर्षको पढाईपछि अन्तिमको एक वर्ष पुर्ण रुपमा प्रयोगात्मक गराउँदै आएका छौं । 


चुनौति के हुन सक्छ ? 

होटल म्यानेजमेन्ट पुर्णरुपमा military standard मा चल्नुपर्ने हुन्छ , हाम्रो कलेज सुरुवात देखिनै military standard मै रहेको छ । यहाँ विद्यार्थीहरुलाई क्षमता, अवधारणा,अनुसाशन र व्यावहारिक ज्ञान पुर्णरुपमा सिकाइन्छ । 

एउटा लडाकुलाई यूद्धमा जादा जस्तो सिप सिकाईन्छ त्यस्तै यहाँ विद्यार्थीलाई पनि होटल म्यानेजमेन्ट सम्बन्धि सम्पुर्ण ज्ञान सिकाएर दक्ष वनाईन्छ । सकारात्मक सोचका साथ् उच्च मनोबलले जसरि military युद्ध भुमिमा जान्छ, तेसरीनै होटेल मेनेजमेन्टका बिद्यार्थीहरुलाइ तयार गर्न सक्नु आहिले को मुख्य चुनौती हो । 

अहिले विदेशी विद्यार्थी छैन,तर विदेशी विद्यार्थी ल्याउने गृहकार्य भईरहेको छ । भारत, भुटान, चीन र बंगलादेश जस्ता देशहरुबाट विद्यार्थी नेपाल पढ्न आउने अवस्था सृजना गरिरहेका छौ ।

         


विद्यार्थीको रोजाईमा किन ए.आइ.टी.एम ? 

हामीले सुरुवातबाटनै होटल म्यानेजमेण्टको पठन पाठन गराउने भनेर यो कलेजको निर्माण गरेका हौ । सन् २०१० देखि स्विजरर्लैंडको आइ. एम. आइ. विश्वविद्यालय संगको सम्बन्धमा पहिले ३ वर्षीय र अहिले आएर ४ वर्षीय स्नातक तहको होटेल व्यवस्थापन विषयको अध्यापन गराउदै आएका छौ । 

होटेल व्यवस्थापन विषयमा नेपालमै अन्तरास्ट्रिय स्तरको शिक्षा लिनसक्नुनै विद्यार्थीकोलागि प्रमुख सुविधाको विषय हो । अन्य सुविधाहरुको कुरा गर्दा ए. आइ. टी. एम. मा पढेका विधार्थीहरुले कुनैपनि पाँचतारे होटलमा गएपछि तुलनात्मक रुपले हेर्दा पाँचतारे होटल यस्तो हुँदो रहेछ र हाम्रो त श्रोत साधनहरु नै रहेनछ भन्ने किसिमको गुनासो कहिले सुन्नुपरेन । 

विद्यार्थीहरु गर्भकासाथ हामी त फाईबस्टार क्याम्पसमा पढेको पो रहेछ भन्ने प्रतिक्रिया दिन्छन । हामीले होटेल ब्यवस्थापन शिक्षाका लागि चाहिने सम्पूर्ण पुर्वाधार (लाइब्रेरी, ल्याब, कक्षाकोठा, पढाउने शिक्षक, शिक्षक र बिध्यार्थीको अनुपात, अतिरिक्त क्रियाकलाप, इन्टरनसिप) जस्ता कुनै कुरामा पनि सम्झौता गरेका छैनौ । 

समग्र हाम्रा सुबिधाहरु विश्व स्तरीय छन् र यो कलेज सन् २०१४ मा दोश्रो उत्कृष्ट र भर्खरै २०१९ को जून महिनामा नेपालकै उत्कृष्ट होटेल मेनेजमेन्ट कलेजको रूपमा पुरुस्कृत हुन सफल भएको छ ।

भावि योजना के रहेको छ ? 

अहिले इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र प्लस टु कोर्षहरु संञ्चालनमा रहेका छन् । निजी तवरबाट टुरिजम विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्य छ । 

अहिले तिन सय बढि विद्यार्थीहरु अध्ययन गरीरहेका छन् । कर्मचारी संख्या १५० को हाराहारिमा छ । 

Thuprai - Books and E-books