CMAT

व्यावसायिक र प्राविधिक शिक्षा आजको आवश्यकता

दमौली, २ माघ (रासस) ः गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले व्यावसायिक र प्राविधिक शिक्षाले मात्रै बेरोजगार समस्या समाधान हुने बताउनुभएको छ । 

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित सरस्वती नमूना माविको ६० औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले वर्तमान शिक्षा नीतिमा आमूल परिवर्तन जरुरी रहेको बताउनुभयो । 

प्रदेशसभा सदस्य आशा कोइरालाले वर्तमान शिक्षाले बेरोजगार उत्पादन गरेकाले यसलाई बिस्तारै हटाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो भने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । 

Thuprai - Books and E-books