आज ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

५६ औं  अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ ।

हाल नेपालमा छ वर्षभन्दा माथिको साक्षरता दर ७८ प्रतिशत, १५ देखि २४ वर्ष उमेर समूहको ९२ प्रतिशत, १५ वर्षमाथिको ५८ प्रतिशत र १५ देखि ६० वर्ष उमेर समूहको साक्षरदता दर ८५ रहेको छ ।

प्रतिशतका हिसाबले साक्षरता दर सुधारोन्मुख भने देखिएको छ । किनकि विसं २००४ मा नेपालको साक्षरता दुई प्रतिशत थियो । हाल नेपालमा ३५ हजार छ सय ७४ विद्यालय रहेकामा २७ हजार आठ सय १२ सामुदायिक, छ हजार सात सय ३२ निजी (संस्थागत), एक हजार एक सय ३० परम्परागत विद्यालय रहेका छन् ।

यस्तै दुई हजार एक सय ५१ सामुदायिक सिकाइ केन्द्र, एक सय २१ खुला विद्यालय, औपचारिक प्रौढ विद्यालय एक सय ७१ रहेका छन् । विगतमा साक्षरता अभियानका नाममा सञ्चालन गरिएका विभिन्न कार्यक्रम र प्रयोग प्रभावकारी नभएपछि सरकारले विभिन्न तहका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गर्ने नीति पनि लिएको छ । नेपालमा विसं २००४ देखि साक्षरता अभियान सुरु भएको हो ।एकपटक साक्षरता कार्यक्रममा सहभागी भएका व्यक्तिलाई पुनः साक्षरताको कक्षामा समावेश नगर्ने गरी सघन सक्षारता कार्यक्रम सुरु गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को विसं २०६९ मङ्सिर १४ मा साक्षर नेपाल अभियान (२०६९–२०७२) को अवधारणापत्र स्वीकृत गरी राजनीतिक दलहरूको पनि सहयोग लिन गरी कार्यान्वयनमा ल्याएको थियो ।

दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिँै ‘शिक्षा गुणस्तरीय जीवनको आधारशीला हो । शिक्षाको बहुआयामिक महत्त्वलाई आत्मसात गर्दै हाम्रो संविधानले शिक्षालाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक  र भौतिक पूर्वाधारको विकासको आधारशीलाका रूपमा लिइने शिक्षालाई विश्वभर मानव जीवनका लागि आवश्यक ज्ञान, सीप  र क्षमता अभिवृद्धि गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्वीकार गरिएको छ । सरकारले शिक्षाको गुणस्तरमा सुधार गर्दै आधारभूत तहदेखि उच्च शिक्षासम्म सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको छ । सरकार  निजी  क्षेत्र,  सामाजिक  सङ्घसंस्थाहरूको  विभिन्न  प्रयास  हुँदाहुँदै  अझै  एक  तिहाइ  जनता  निरक्षर  अवस्थामा   रहनुले  हामीले  आगामी  दिनमा  साक्षरता  अभियानलाई अझै प्रभावकारी रूपमा निरन्त र अघि बढाउनुपर्ने खाँचो छ । अन्तर्राष्ट्रिय स्तरमा गरेको शिक्षा सम्बन्धी लक्ष्य हासिल गर्न साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको हाम्रो मुख्य दायित्व हो । साक्षर नेपाल अभियान प्रभावकारी तवरले सञ्चालन ग री मुलुकका सबै जिल्लालाई जतिसक्दो चाँडो साक्षर घोषणा गर्न हामी सबैको सहकार्य, सहयोग  र समन्वयात्मक प्रयास आवश्यक छ । शिक्षालाई आम जनताको पहुँचमा पु¥याउन एकातिर सामुदायिक शिक्षा प्रणाली प्रभावकारी तवरले अघि बढाउनुपर्ने छ भने अर्कातिर गुणस्तरीय, जीवनोपयोगी, व्यावसायिक  र प्राविधिक शिक्षाको प्रवद्र्धन गर्दै देशको समग्र विकासका लागि आवश्यक जनशक्ति मुलुकभित्रै उत्पादन गर्न जोड दिनुपर्ने स्थिति छ। शिक्षाको माध्यमबाट नवप्रवर्तन  र स्वरोजगारीलाई प्रवद्र्धन गर्दै शैक्षिक बेरोजगारको सङ्ख्या कम गर्ने तथा शिक्षालाई  राष्ट्र, समाज  र व्यक्तिको चौतर्फी विकासका लागि उपयोगी  र सहयोगी हुने किसिमले अगाडि बढ्न आवश्यक छ कोभिड–१९ को महामारीले हामीलाई वैकल्पिक व्यवस्थापन गरी सिकाइलाई निरन्तरता दिनुपर्ने कुरा सिकाएको सन्दर्भमा विभिन्न वैकल्पिक माध्यमबाट दिगो विकास अन्तर्गतका शैक्षिक लक्ष्य हासिल गर्न हामीले थप प्रयास गर्नुपर्ने देखिएको छ’ भनेका छन् ।

सोही अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दिएको शुभकामना सन्देशमा साक्षरता, निःशुल्क शिक्षा, सबैका लागि शिक्षा, शिक्षाका लागि भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन लगायत जीवन पर्यन्त सिकाइलाई गुणस्तरीय बनाउन सुदृढ शिक्षा प्रणालीको आवश्यकता रहेको छध्र संविधानतः शिक्षालाई नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरिएकोले स्थानीय, प्रदेश र संघ तीनै तहको सरकारबीच समन्वयात्मक ढङ्गबाट साक्षर अभियान अगाडि बढाउनु पर्ने आवश्यकता रहेको औँल्याएका छन् ।

हाल साक्षरता कार्यक्रम अन्तर्गत आधारभूत साक्षरता, साक्षरोत्तर कार्यक्रम र महिला लक्षित आय आर्जन कार्यक्रमहरू रहेका छन् । यसको साथै सामुदायिक सिकाइ केन्द्रहरूले साक्षरता र जीवन पर्यन्त सिकाइ कार्यक्रम सञ्चालनमा सहयोग गरिरहेका छन् । युवा तथा प्रौढहरूमा कार्यमुलक साक्षरताको अभिवृद्धि गर्नु र पढ्ने बानीको विकास गराउनु साक्षरता र जीवन पर्यन्त सिकाइको मूल उद्देश्य राखिएको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७९ को अवसरमा राष्ट्रिय शिक्षा दिवस मनाउने विगतको परम्परा रहेकोमा शिक्षा दिवस मनाउने  सम्बन्धमा  उपयुक्त  समयमा  निर्णयमा पुग्ने जानकारी दिएका छन् ।

साक्षरता सिकाइको क्षेत्रमा रूपान्तरण) भन्ने मूल आदर्श वाक्यका साथ मनाइ रहँदा साक्षर नेपाल कार्यक्रम हाल मुलुकका ६२ जिल्ला साक्षर जिल्ला घोषणा भइसकेका छन् । अनौपचारिक शिक्षा तथा आजिवन सिकाइको अवसर विस्तार गर्नका लागि २१५१ वटा सामुदायिक सिकाइ केन्द्रहरू सञ्चालनमा रहेका छन् ।

शिक्षा राज्यमन्त्री बोधकुमारी यादव, शिक्षा सचिव रामकृष्ण सुवेदी, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले शुभकामना दिँदै साक्षरता, निःशुल्क शिक्षा, सबैका लागि शिक्षा, शिक्षाका लागि भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन लगायत जीवन पर्यन्त सिकाइलाई गुणस्तरीय बनाउन सुदृढ शिक्षा प्रणालीको आवश्यकता रहेको औंल्याएका छन् । स्थानीय, प्रदेश र संघ तीनै तहको सरकारबीच समन्वयात्मक ढङ्गबाट साक्षर अभियान अगाडि बढाउनु पर्ने आवश्यकतामा जोड दिएका छन् । हाल साक्षरता कार्यक्रम अन्तर्गत आधारभूत साक्षरता, साक्षरोत्तर कार्यक्रम र महिला लक्षित आय आर्जन कार्यक्रमहरू रहेका छन् ।

शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन दिवसकै अवसरमा आज सार्वजनिक गरेको छ । 

युनेस्कोले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाइएको भए पनि गत तीन वर्षअघि स्थगन भएको राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति भने अझै जुरेको छैन ।

Thuprai - Books and E-books