After SEE Portal

अमृता अनमोललाई तीर्थराज भुसाल स्मृति पुरस्कार

Bridge Course

शिक्षा पत्रकार समूहले तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार पत्रकार अमृता अनमोललाई प्रदान गरेको छ ।

शिक्षा पत्रकार समुहको २० औं साधारण सभाको अवसरमा रु. २५ हजार नगद राशिको शिक्षा पत्रकारिता पुरस्कार २०७६ प्रदान गरेको हो ।

पत्रकार अनमोललाई शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले प्रमाण पत्र, दोसल्ला र नगद सहित पुरस्कृत गरेका हुन् ।

आफ्नो साधारण सभाको उपलक्ष्यमा सार्वजनिक शिक्षा सुधारका लागि उत्कृष्ट कार्य गर्ने दुईजनालाई सम्मानित गरेको छ । सम्मानित हुनेमा काठमाडौंको कालिमाटि, टंकेश्वर स्थित नील बाराही माविकी प्रधानाध्यापक डा। जानुका पौडेल र बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित सरस्वती माविका व्यवस्थापन समिति अध्यक्ष धर्मसिंह थारु रहेका छन् ।

 

सम्मानपछि सधारणसभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको सबलीकरणमा सबैले आआफ्नो ठाउँबाट रचनात्मक भूमिका खेल्नु पर्ने बताए ।

सबै पालिकाले शिक्ष सम्मेलन गरी आफ्ना राम्रा अभ्यासलाई प्रचार प्रसार गर्नुपर्छ । उनले भने, मौलिक हक अन्र्तगत राखेको छ, त्यसैका आधारमा काम गर्दै जानु पर्ने आवश्यकता छ ।

सम्मानितहरुका तर्फबाट प्रधनाध्यापक पौडेलले मातृ भाषा तथा अंग्रेजी भाषाको व्यवस्थापन चुनौतीपूर्ण भएको बताइन् । कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमा, प्रा.डा. विद्यानाथ कोइराला, राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झा लगायतले सार्वजनिक शिक्षा सुधारको विकल्प नभएको धारणा राखेका थिए ।

अध्यक्ष रोश्ना सुव्वाले सार्वजनिक शिक्षक जिम्मेवार नहुँदा सम्म शिक्षण सिकाइमा सुधार नहुने धाराणा राखेकी थिइन् ।

A Levels MA
Thuprai - Books and E-books