After SEE Portal

जुम्लाको तिला गाउँपालिकाद्वारा विद्यालय समायोजन

Bridge Course

जुम्लाको तिला गाउँपालिकाले भौगोलिक विकटता र विद्यार्थी सङ्ख्यालाई आधार मानी गाउँपालिकामा रहेका विद्यालयलाई समायोजन गरेको छ । 

गाउँपालिकाले रासा, चुलाकोट र खोलीगाउँ विद्यालयलाई समायोजन गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो ।

गाउँपालिकाभित्र जम्मा तीन साविकको उच्च माध्यमिक विद्यालय रहेकामा दुई विद्यालयलाई कक्षा घटाइएको छ । 

सीता मावि राराको साविकको संरचना कक्षा १ देखि १२ रहेकामा अब रहने संरचना कक्षा ६ देखि १२, सरस्वती मावि कुडारी साविकको कक्षा १ देखि १२ रहेकामा अब रहने संरचना कक्षा ६ देखि १२ गरिएको गाउँपालिकाका प्रवक्ता सन्तवीर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकामा रहेका चार आवासीय विद्यालयको कक्षा घटाइएको छ ।” थापागाउँ, रावतवाडा, जोगीवाडा र नारायण माविको कक्षा घटाइएको हो ।

“विद्यार्थी सङ्ख्या न्यून, भौगोलिक विकटता र नजीकै अन्य विद्यालय भएकाले ती विद्यालयलाई नजीकको विद्यालयमा समायोजन गरिएको र गाउँपालिकाको शिक्षा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको सहमतिमा विद्यालय गाभिएको हो । 

समायोजन भएका विद्यालयमा बाल विकास केन्द्र भने कायम रहेकोे प्रवक्ता रावतले बताउनुभयो ।

गाउँपालिका क्षेत्रभित्र जम्मा ४५ सामुदायिक विद्यालय छन् । यो वर्षदेखि सबै विद्यालयमा १ कक्षादेखि १० कक्षासम्म अङ्गे्रजी माध्यमबाट पढाइ शुरु गरिएको गाउँपालिका अध्यक्ष योगीले बताउनुभयो । 

विद्यालयमा भवन, खेलमैदान, शौचालय, खानेपानी, प्रयोगशाला, बाह्य वातावरणलगायत भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शैक्षिक सामग्री व्यवस्थापन सुधार गर्न गाउँपालिका लागिपरेको उहाँको भनाइ थियो । गाउँपालिकाले विद्यालय समायोजन गर्दा विद्यालयको भवन आवश्यक भएकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा माग गरी गाउँपालिकाले पठाउने निर्णय गरिएको अध्यक्ष योगीले बताउनुभयो 

A Levels MA
Thuprai - Books and E-books