Bachelors Portal

पुल्चोक क्याम्पसमा तीन दिने लोकस प्रदर्शनी

Managed Admission 2022

पुल्चोक क्याम्पसमा माघ १७ गते देखि तीन दिने लोकस प्रदर्शनी २०२० हुने भएको छ । संयुक्त राष्ट्र संघको सहकार्यमा लोकस, इन्जिनियरिङ अध्ययन संस्थानले सो प्रदर्शनी आयोजना गर्ने भएको हो ।

दिगो विकास लक्ष्यहरू (एसडीजी) संग अन्तरसम्बन्धित विषयवस्तुमा प्रदर्शनी गरिने लोकसले जानकारी दियो । लोकसका अनुसार दिगो विकासका लक्ष्यसंग सम्बन्धित विभिन्न विषयमा प्रदर्शनी हुने भएको छ । राम्रो स्वास्थ्य र भलाई, किफायती र स्वच्छ ऊर्जा र दिगो सहर र समुदायहरू विषयक प्रदर्शनी गर्ने भएको हो ।

यसअघि लोकसले हार्डवेर फेलोशिप अन्तर्गत इलेक्ट्रोनिक्स इन्जिनियरिङ संकायका प्रथम वर्षका विद्यार्थीलाई प्रमुख लाभ हुने १० दिने हार्डवेर फेलोशिप आयोजना गरेको छ । त्यसैगरी सफ्टवेयर फेलोशिप, इलेक्ट्रिकल अटो क्याड वर्कशप, रोबोट ओपेरटिंग सिस्टम वर्कशप, ड्रोन सेमिनार, इनर्जि ह्याकथन ,गर्ल टु कोड, हाजिरीजवाफ प्रतियोगिता, वाकाथन, ड्रोनाचार्य,रोबो वार्ज,कोड क्याम्प, र कोड ज्याम जस्ता कार्यक्रम आयोजना गरिसकेको छ ।

विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फूटन गराइ विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले लोकसले यस्ता कार्यक्रम गर्दै आएको लोकस २०२० आयोजक समितिले जानकारी दियो ।

Select college / campus