After SEE Portal

कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छाप्न चाहनेले १५ दिन भित्र आवेदन दिनु पर्ने

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले सरकारको कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजी छापाखानालाई दिने निर्णय गरेसंगै प्रस्तावका लागि आवेदन माग गरेको छ ।

इच्छुक म्रद्रक् छापाखानाले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ । पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न इच्छुक मुद्रक तथा वितरकहरूलाई नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव माग गरेको हो ।

पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ बमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरको निर्णयानुसार शैक्षिक सत्र २०८१ का लागि देशभर कक्षा १ देखि कक्षा ४ सम्मका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री निजी क्षेत्रका मुद्रक तथा वितरकबाट छपाइ गरी बिकी वितरण गर्न दिने निर्णय बमोजिम प्रस्तव माग गरेको छ ।

शैक्षिक सत्र २०८० का लागि अनुमति पाएका फर्म–संस्थालाई नवीकरण गर्न तथा थप सूचीकृत हुन चाहने इच्छुक मुद्रक तथा वितरकले आफ्नो प्रोफाइलसहित केन्द्रबाट तोकिएको ढाँचामा आवेदन माग गरेको छ ।

मन्त्री स्तरीय निर्णय अनुसार विद्यालय तहका कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक निजी छापाखानाले छाप्न पाउनेछन् भने कक्षा ५ देखि १२ सम्मका जनक शिक्षा सामग्री केन्द्रले छाप्ने छ । केन्द्रको सूचना अनुसार निजी छापाखानाले विद्यालय तहका पाठ्यक्रम, पाठ्यसामग्री, पाठ्यक्रम कार्यान्वयन निर्देशिका, शिक्षक निर्देशिका, परम्परागत तथा मातृभाषाका पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री, केन्द्रबाट प्रकाशित अन्य सामग्री छपाइका लागि आवेदन माग गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books