After SEE Portal

शिक्षामा अध्ययन अनुसन्धान गर्नेले राणाकालीन शिक्षा पढ्नै पर्ने

Bridge Course

नेपालको शैक्षिक इतिहासको धेरै विषय वस्तुलाई खोतल्दै केही विषयमा थप अध्ययन अनुसन्धानको बाटो ‘राणाकालीन शिक्षा’ नामक पुस्तकले खोलेको विज्ञले सुझाएका छन् ।

दरबार हाइस्कुलमा आज आयोजित राणाकालीन शिक्षा अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश विज्ञले सो पुस्तकले धेरै विवादित ऐतिहासिक विषयवस्तुलाई प्रमाणिक रुपमा उजागर गरेको र केही विषयलाई प्रश्न चिन्हमा नै छाडेको हुँदा थप अनुसन्धान गर्नुपर्ने सुझाएका हुन् ।

शिक्षा पत्रकार प्रकृति अधिकारीद्वारा लिखित सो पुस्तकको समीक्षा गर्दै शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले शिक्षाको धेरै विवादित विषयको जवाफ पुस्तकमा भेटिने बताए । ‘राणाकालमा नै महिला शिक्षा र आधुनिक शिक्षाको थालनी भएका प्रमाण पुस्तकले उजागर गरेको छ ।’ उनले भने, ‘आधार स्कुलको स्थापना, चन्द्रमणि, कृष्ण पाठशाला स्थापनाका लागि सिफारिस गरिएको भएपनि पछि पाठशालाको नाममा कृष्ण शव्द हट्नुलाई खोजीको विषय बनाउन सकिन्छ ।’

सो पुस्तकको समीक्षा गर्दै प्राडा मनप्रसाद वाग्लेले राणाहरुले कसैले विद्यालय खोलेपछि फेरि अर्काले बन्द गरेको तितो इतिहास रहेको बताए । आजसम्म राणाकालीन युगको साक्षी बनेर दरबार हाइस्कुल, त्रिचन्द्र क्याम्पस उभिएको बताए । ‘जुद्धशमशेरले शिक्षालागि पहल गरेर गुन लगाए भने पद्मशमशेरसम्म आइपुग्दा गति रोकियो ।’ उनले भने, ‘राणाकालीन शिक्षाको किन यति धेरै चर्चा हुन्छ र किन यसको महत्व छ भन्ने बारेमा जङ्गबहादुरदेखि मोहनशमशेरसम्मको इतिहास जान्नुपर्ने हुन्छ । शिक्षामाथि राजनीतिले कसरी ताण्डव नृत्य गर्दो रहेछ भन्ने कुरा जान्न पनि राणाकालीन शिक्षा पढ्नुपर्ने बताए ।’

आफ्नाको लागि शिक्षा र जनतालाई निरक्षरता गराउने खेल दरबारियाहरूले कसरी खेल्छन् भन्ने थाहा पाउन पनि राणाकालीन शिक्षाको इतिहास नपढी नहुने बताए । उनले पत्रकार तथा लेखक प्रकृति अधिकारीलाई पञ्चायतकालीन शिक्षा धेरै पढ्न पाइने तर पछिल्लो समयमा शिक्षामा भएका ताण्डवको चित्रण नभएको हुँदा उक्त विषयलाई सम्बोधन गर्दै अर्को कृति जन्माउन आग्रहसमेत गरे ।

अहिलेसम्म लेखिएका नेपालको शिक्षाको इतिहासभन्दा यो पुस्तक भिन्न रहेको प्राडा विद्यानाथ कोइरालाले बताए । यसले तत्कालीन सामाजिक पृष्ठभूमि, सांस्कृतिक मूल्य शैक्षिक व्यवस्थापन र शैक्षिक विकास र अवरोधसमेतलाई उजागर गरेको धारणा व्यक्त गरे । शिक्षा सबैका लागि र विशेषतः शिक्षा अनुसन्धानमा लाग्ने सबैका लागि यो पुस्तक कोशेढुंगा साबित हुने कोइरालाले बताए ।

इडियुसञ्जालद्वारा आयोजित सो कार्यक्रममा बोल्दै सञ्जालका कार्यकारी अधिकृत विदुर आचार्यले इडियुसञ्जाल शिक्षा, शिक्षाकर्मी र विद्यार्थी प्रति सर्मपित भएको हुँदा पुस्तक प्रकाशन गर्ने अवसर दिएकोमा लेखकलाई कृतज्ञता व्यक्त गर्दै पुस्तकमा उल्लेख भएका विद्यालयको शैक्षिक, आर्थिक र प्रशासनिक अवस्थाको खोजी गर्न जरुरी भएको धारणा व्यक्त गरे ।

A Levels MA
Thuprai - Books and E-books