After SEE Portal

तेह्रौँ राष्ट्रिय पुस्तकालय दिवस भर्चुअल हुने

Bridge Course

कोरोना महामारी र रोकथामका लागि जारी निषेधाज्ञाका कारण यस वर्षको १३ औँ राष्ट्रिय पुस्तकालय दिवस ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ भर्चुअलरुपमा मनाइने भएको छ ।

स्वास्थ्य जोखिमका कारण शिक्षालय र पुस्तकालय गत चैत ५ गतेदेखि बन्द रहे तापनि डिजिटल प्रणाली र स्वाध्ययनको क्रम चलिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट यस वर्षको दिवस मनाउन लागेको हो ।

राजा गीर्वाणविक्रम शाहका पालामा विसं १८६९ भदौ १५ गते पुस्तक तहबिल स्थापना भएको दिनका सम्झनामा नेपालमा २०६५ सालदेखि हरेक वर्ष सो दिन राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै आएको छ ।

राजा गीर्वाणयुद्धले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सदनपत्र जारी गरी पण्डित केदारनाथ झालाई जिम्मा दिइएको थियो । मन्त्रालयका पुस्तकालय शाखाका प्रमुख यादवचन्द्र निरौलाका अनुसार सोमबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा भर्चुअलरुपमा पुस्तकालय र पठनपाठनका क्षेत्रका चुनौतीबारे छलफल गरिने छ ।

दिवसको पूर्वसन्ध्यामा आज पनि त्यस प्रकारका विभिन्न संवाद गरिएका थिए । निरौलाका अनुसार हाल सामुदायिक र सार्वजनिक गरी नेपालमा करीब सात सय पुस्तकालय छन् ।

संस्थागत (कार्यालयगत) रुपमा पनि अन्य पुस्तकालय सञ्चालित छन् । पूर्वमन्त्री एवं पुस्तकालय अभियानकर्मी गणेश शाहले कुनै पनि राष्ट्रको गौरव राष्ट्रिय पुस्तकालय हुने भएकाले भूकम्पपछि क्षतिग्रस्त पुल्चोकस्थित राष्ट्रिय पुस्तकालयलाई उचित स्थान र भवन उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सो पुस्तकालय जमलस्थित त्रिविको तत्कालीन परीक्षा नियन्त्रणको कार्यालय रहेको स्थानमा सार्ने निर्णय हाल कार्यान्वयनमा आउन सकेको छैन । उहाँले प्रदेश र स्थानीय सरकारले सार्वजनिक पुस्तकालय सेवाका लागि बजेट र कार्यक्रम ल्याउनुपर्ने तथा विद्यालयले यसमा उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले प्रतिष्ठानको पुस्तकालयलाई क्रमशः डिजिटलाइज्ड गरिएको जानकारी दिनुभयो । त्रिविले पुस्तकालय तथा सूचना विज्ञानमा स्नातकोत्तरको अध्यापन गर्दै आएको छ । हाल इ–लाइब्रेरीको अवधारणा पनि आइसकेको छ ।

A Levels MA
Thuprai - Books and E-books