नेपाल सरकार
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति
खुमलटार, ललितपुर
स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूका लागि शोधपत्र प्रस्ताव आवेदनसम्बन्धी सूचना
प्रकाशित मिति : २०७६/०९/०८
यस समितिको आ.व. २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत चुरे संरक्षण तथा व्यवस्थापन कार्यका लागि विद्यार्थीहरूलाई शोधपत्र (Thesis Grant) निम्ति सहयोग गर्ने कार्यक्रम रहेकाले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको शोधपत्र अनुसन्धान सहयोग उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७४ (समितिको वेवसाइट http://chureboard.gov.np/ मा रहेको) अनुसार तपसिलका कागजातसहित यस समितिमा सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र आवेदन गर्नु हुन सूचित गरिन्छ।
तपसिल
१. विद्यार्थी अध्ययनरत विश्वविद्यालय/क्याम्पस/केन्द्रीय विभागको शोधपत्रका लागि तोकिएको सुपराभाइजरको नाम समेत उल्लेख गरिएको सिफारिश पत्र ।
२. कार्यविधिको परिच्छेद -२ मा उल्लेखित (क देखि र सम्मका) विषयवस्तु समेटिएको अनुसूची
३ बमोजिमको ढाँचामा २ प्रति प्रस्ताव (प्रिन्ट) १ प्रति इ कपि ।
३. नागरिकताको छाँयाकपी।
४. स्नातकको लब्धांकपत्रको छायाँकपी।
विस्तृत जानकारीका लागि यस समितिको वेवसाइट बा फोन नं. ०१५५३१३११/५५२६७७७ मा सम्पर्क गर्नु होला।