Bachelors Portal

विश्वविद्यालयलाई राजनीतिक पूर्वाग्रहबाट माथि राखौंः उपसभामुख घर्ती

Managed Admission 2022

कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले मध्यपश्चिम विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननय गर्न प्रदेश सरकारले प्राथमिता दिने जानकारी दिनुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयद्वारा आज यहाँ आयोजित नवआगन्तुक विद्यार्थीको स्वागत तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले विश्वविद्यालयलाई राजनीतिक पूर्वाग्रहबाट टाढा राख्न आग्रह गर्नुभयो ।

विज्ञान तथा प्रविधि सङ्कायका डीन डा देवबहादुर खड्काले प्राज्ञिक थलोलाई आजको युग सुहाउँदो बनाउनुपर्नेमा जोड दिनुभयो । छात्रा एकता समाजका सल्लाहकार तिर्सना हमालले विश्वविद्यालयको संस्थागत विकासको जिम्मेवारी सबैको काँधमा रहेको औँल्याउनुभयो ।

छात्रा एकता समाजका अध्यक्ष ममता खत्रीले प्रशासन, शिक्षक, विद्यार्थी र कर्णाली प्रदेश सरकारको सहकार्य विश्वविद्यालयको गतिविधि अघि बढाउनुपर्ने सुझाव दिनुभयो । विश्वविद्यालय स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले शुल्क घटाउनुपर्ने माग गरेका छन् ।

Select college / campus