Bachelors Portal

त्रिवि विश्व र्‍याङ्किमा गतवर्ष भन्दापछि पर्यो

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले टाइम्स हाइएर एजुकेसन स्तर मापन अनुसार त्रिवि विश्वस्तरमा गत र्वाभन्दा पछि परेको देखाएको छ ।

२०२४ को लागि उक्ते संस्थाले त्रिवि स्तर मापनमा १२०१ देखि १५०० बिचमा देखाएको छ । उक्त संस्थाले त्रिविलाई गत वर्ष (२०२३ मा) उक्त र्याङ्किमा ८०१ देखि १००० को बिचमा रहेको देखाएका थियो । भने एशियाका विश्वविद्यालयहरूबिच २५१ देखि ३०० स्तरमा थियो तर । एशियाका विश्वविद्यालयहरूमा भने त्रिवि सोही स्थानकारहेको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

विश्वविद्यालयको स्तर मापनका विभिन्न सूचकहरुमा त्रिविले निरन्तर सुधार गर्दा पनि मापन स्तर केही कम देखिएकोले सरोकारवाला सबैमा अन्योलता नहोस् भनि स्पष्ट पार्न खोजिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

टाइम्स हाइएर एजुकेसनले विश्वविद्यालयको स्तर निर्धारणमा अनुसन्धान साइटेसन अर्थात् एक तिहाई अङ्कभार दिएर स्तर निर्धारण गर्ने परम्परालाई सन् २०२४ वाट १५ प्रतिशत मात्र अङ्गभार दिने गरी मूल्याङ्कन पद्धतिमा परिवर्तन गरेका विज्ञप्तिमा भनिएको छ ।

त्रिविको सबैभन्दा राम्रो सूचकलाई कम अङ्गभार दिने गरी सूचक परिवर्तन गरेको उल्लेख गरेको छ ।

यसको नकारात्मक असर चीन र भारतका विश्वविद्यालयहरूमा पनि पर्न गएको देखिन्छ जस्ले गर्दा २०२३ मा चीनका ९५ विश्वविद्यालय स्तर मापनभित्र परेका थिए भने आउँदो वर्ष २०२४ मा केवल ८४ विश्वविद्यालयलाई राखिएको छ ।

चीन, भारत र नेपाल लगायत एशियामा अभिवृद्धि हुँदै गएको विश्वस्तरीय अनुसन्धान र प्रकाशन एवं सोको साइटेसनलाई कम अङ्कभार दिई गणना गर्दा विविध शङ्का, उपशङ्का उब्जिएको त्रिविको आरोप छ ।

‘नेपाललगायत अन्य विकासशील देशको सन्दर्भमा अव्यवहारिक तथा कानूनले निषेध गरेका नयाँ नयाँ सूचक पनि थपिएका छन् जस्तै अन्तर्राष्ट्रिय प्राध्यापक संख्या अनुपात, अन्तरर्राष्ट्रिय कर्मचारी संख्या अनुपात, अन्तर्राष्ट्रिय विद्यार्थी संख्या अनुपात लगायत कतिपय पश्चिमा विश्वविद्यालयहरूको अभ्यासलाई मात्र प्राथमिकता दिएकोले त्रिविको समग्र स्तरमा मेल नखाई केही कमी देखिएतापनि एशियाका विश्वविद्यालयहरूवीच भने त्रिविको स्तर पहिलेको जस्तै कायमै रहेको सरोकारवाला सबैमा सूचित गरिन्छ ।’ विज्ञप्तिमा लेखिएको छ ।

Thuprai - Books and E-books