After SEE Portal

त्रिवि पुनः विश्वका हजार विश्वविद्यालयभित्र पर्न सफल

Bridge Course

टाइम्स हायर एजुकेसन (टीएचई) ले गरेको र्याङ्किङमा त्रिभुवन विश्वविद्यालय अहिले पनि विश्वका ८०१ देखि १००० औं विश्वविदालयभित्र पर्न सफल भएको छ । त्रिवि लगातार पाँच वर्षदेखि ८००–१००० औं स्थानमा पर्न सफल हुँदै आएको छ । त्रिवि २०१९ मा ८०१–१०००र सन् २०२० मा १००० भन्दा माथिको स्थानमा झरेको थियो । गत वर्ष विश्वविद्यालय ८०१ देखि १००० को बीचमा पर्न सफल भएको थियो । यो वर्ष फेरि एकपटक ८००–१००० को हाराहारीमा पुगेको टीएचईले सार्वजनिक गरेको प्रतिवेदनमाउल्लेख गरिएको छ।

वर्ल्ड युनिभर्सिटी र्याङ्किङ २०२३ सार्वजनिक भएसंगै त्रिविको स्थान सार्वजनिक भएको हो । यो र्याकिङमा १०४ देशका १७९९ विश्वविद्यालय सहभागिी गराइएको थियो । यो वर्ष गरेको र्याङ्किङमा विश्वविद्यालयले प्रकाशन गरेका १५.५ मिलियन भन्दा बढी अनुसन्धान प्रकाशनहरूबाट १२१ मिलियन भन्दा बढी अनुसन्धानको विश्लेषण गरेको थियो ।

जसमा विश्वभरका ४० हजार विशेषज्ञहरूको सर्वेक्षण प्रतिवेदनहरू समावेश गरिएको थियो । विश्वभरिका २ हजार ५०० भन्दा बढी विश्वविद्यालयले ६ लाख ८० हजार भन्दा बढी आफ्नो प्रतिवेदन बुझाएका थिए ।

उक्त र्याकिङमा बेलायतको अक्सफोर्ड युनिभर्सिटी लगातार सातौं वर्ष शीर्ष स्थानमा पर्न सफल भएको छ । हार्वर्ड युनिभर्सिटी दोस्रो, क्याम्ब्रिज युनिभर्सिटी र स्ट्यानफोर्ड युनिभर्सिटी तेस्रो स्थानमा रहेका छन् ।

इन्डियन इन्स्टिच्युट अफ साइन्स (आईआईएससी), बेंगलोर, गत वर्ष ३०१–३५० स्थानमा परेको थियो सो इन्स्टिच्युट आफ्नो स्थानसुधार गर्दै २५१–९२०० को स्थानमा उक्लन सफल भएको छ ।

अनुसन्धानमा अमेरिकी विश्वविद्यालयको प्रभुत्व घट्दै गएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । १७९ विश्वविद्यालयहरूको साथ, संयुक्त राज्य अमेरिका अग्र स्थानमा रहेको छ । अमेरिकाका विश्वविद्यालय ५७–२०० को साथ शीर्ष स्थानमा पर्न सफल भएका छन् । गत वर्षको अमेरिकाका १८३ विश्वविद्यालयहरू रहेका थिए, ।

त्यसैगरी युनिभर्सिटी अफ मिनेसोटा, युनिभर्सिटी अफ मेरिल्याण्ड, कलेज पार्क, मिचिगन स्टेट युनिभर्सिटी, ओहायो स्टेट युनिभर्सिटी र डार्टमाउथ कलेज शीर्ष १०० बाट बाहिरिएपछि अमेरिकामा शीर्ष १०० मा ३४ विश्वविद्यालय रहेका छन् । गत वर्ष छ वटा र पाँच वर्षअघि तीनवटा विश्वविद्यालय शीर्ष १०० मा पर्न सफल भएको चीनले आफ्नो प्रतिनिधित्व बढाएको छ ।

सूचकहरू निर्धारण गरिगरिएको र्याकिङमा चीनले अनुसन्धानको गुणस्तर सुधार गरेको देखाएको छ र चीनको औसत स्कोर गत वर्ष उल्लेखनीय रूपमा बढेको छ । ५५.६ बाट बृद्धिभई ५८.० मा वृद्धि भएको छ, भने अमेरिकाको स्कोर ७०.० बाट ६९.४ मा झरेको छ ।

A Levels MA