सबै विद्यार्थीसम्म शिक्षक पुग्न सक्दैनन्

विद्यालय शिक्षाको वर्तमान अवस्थाका बारेमा इडियुसञ्जालले सञ्चालन गरेको इडियुटकको संक्षिप्त प्रस्तुतिः

दिनचर्या कसरी बिताउनु हुँदै छ ?

दिन चर्या यथावत रुपमा चलिरहेका छन् । वर्तमान अवस्थामा विशेष काम थप भएका छन् । विद्यालय बन्द भए पनि मन्त्रालय चलिरहेको छ । समग्र विद्यालय सञ्चालनको तयारी तथा कार्ययोजना कार्यान्वयनका लागि वातावरण तयार गर्नु छ ।

आकास्मिक कार्य योजना र निर्देशिकाबिचका तात्विक अन्तर के छ ?

वैकल्पिक सिकाइ सहजीकरण निर्देशिकाले घरमा बसिरहेका विद्यार्थीलाई सिकाइमा क्षति हुन नदिने गरी चलायमान बनाउने गरी निर्देशिका जारी गरिएको हो । त्यसमा भएका सबै कुरालाई यथावत राख्दै भदौ १९ गते सिकाइ सहजीकरण निर्देशिका जारी गरियो । यसलाई मूल कार्यक्रमका रुपमा लागु गरिएको हो । पाठ्यक्रमका आधारमा शैक्षिक सत्रकै पठनपाठनका कार्यक्रमका रुपमा लागु गरिएको हो । वैकल्पिक सिकाइ सहजीकरणका साथै विद्यार्थी भर्ना, तथ्यांक संकलन, पाठ्यपुस्तक वितरण, विद्यालय व्यवस्थापक समितिको भूमिका, पाठ्यवस्तु समायोजन, शिक्षक विद्यार्थी बिच जोड्ने, निजी विद्यालयको शुल्क सम्बन्धी व्यवस्था गरी निर्देशिका जारी गरिएको हो संघ, प्रदेश र स्थानीय तहमा समन्वय हुन सकेन भन्ने सुन्निछ नि ? । निर्देशिकालाई कार्यान्वयन गर्ने उद्देश्यले कार्ययोजना लागु गरिएको हो । विद्यालयमा नियमित पठनपाठन नहुन्जेलसम्म कार्ययोजना अनुसार पठनपाठन हुन्छ । दुवैको अभिप्राय विद्यार्थीको सिकाइ सहजीकरण गर्ने नै हो ।

कार्ययोजनाले स्थानीय तहलाई जिम्मेबारी बढी दिएको त होइन ?

आपत्कालीन अवस्थामा बालबालिकाको वैयक्तिक आवश्यकताका आधारमा सिकाउनु पर्छ । यहाँ कतिले के पाए ? भनेर प्रतिशत, मिन, मिडियन, मोडको हिसाब हुँदैन । त्यसैले सबैभन्दा ठुलो भूमिका विद्यालय, शिक्षक तथा व्यवस्थापन समितिको हुन्छ । त्यसपछिको घेरामा स्थानीय सरकारको हुन्छ । विद्यार्थीलाई सिकाउने कुरा विद्यालय तहमा हुने हुँदा संघीय सरकारभन्दा विद्यालय, व्यवस्थापन समिति र स्थानीय सरकारको हुन्छ । संविधानमा विद्यालय शिक्षा एकल अधिकारको सूचीमा परिसकेपछि व्यवस्थापका कुरा स्थानीय सरकारको हो । संघीय सरकार तथा प्रदेश सरकारले त्यसलाई सहजीकरण गर्ने स्रोतले सहयोग गर्ने हो । स्थानीय सरकारले धेरै गर्नु भएको छ । उहाँहरुको कामलाई शंका गर्नुहुन्न । केन्द्रले किन गरेको भन्ने प्रश्न उठ्न सक्छ । तर केही कुरामा एकरुपता कायम गर्नका लागि राष्ट्रिय तहमा एकरुपता, तथा गुणस्तरका कुरामा एकरुपता त्याउन पाठ्यक्रम संघीय स्तरबाट तयार गर्ने निर्णय गरेका छौं । कोभिड पछि धेरै स्थानीय सरकारसंग गरेको छलफल र निष्कर्षका आधारमा गाइड लाइन तयार गरेका हौं । पाठ्यक्रम कार्यान्वयन गर्ने स्थान विद्यालय हो । त्यसैले स्थानीय सरकारको भूमिका बढि हुन्छ ।

वैकल्पिक शिक्षाको अवस्था कस्तो छ ?

प्रविधिमा पहुँचको अवस्था फरक छ । राजधानीभित्र पनि यो समस्या छ । अनलाइनको पहुँचभित्र आइसिटी ल्याब भएका विद्यालयमा पढ्ने विद्यार्थी पनि इन्टरनेटको पहुँचमा छैनन् । राजधानीमा पनि २५ जना विद्यार्थी भएका विद्यालय छन् भने उपत्यका बाहिर पनि ७ हजार विद्यार्थी अध्ययन गर्ने विद्यालय छन् । धनगढी, चितवन लगायतका ठाउँका शिक्षकले अत्यन्तै राम्रो कार्यको शुभराम्भ गरिसक्नु भएको छ । शिक्षकको क्षमतामा विश्वास गर्ने हो । उपत्यका भित्र र बाहिर सबै तिर सक्षम शिक्षक हुुनुहुन्छ । भएका प्रविधिलाई सहदुपयोग गर्दै अघि बढ्ने हो । हाम्रो चाहना पनि हाइ स्पिडको इन्टरनेटमा जोडिउन् भन्ने हो तर यो अवस्था सिर्जना नभए सम्मका लागिको विकल्प हो । विविधता र समस्याका बिच अघि बढ्ने हो । चुनौती छ । त्यसलाई समाधान गर्दै अघि बढ्ने हो । असोज १ गते देखि सबै विधिको उपयोग गरी पठनपाठन सुरु भइसकेको छ । पाठ्यवस्तु समायोजन भएका छन् । हिजोका क्रियाकलापलाई मूल्यांकन गर्दै विद्यार्थीलाई उपचारात्मक शिक्षण गर्ने हो । धेरै विद्यार्थी विद्यालयको सम्पर्कमा नै हुनुहुन्छ । कक्षा १२ का करिब ५ प्रतिशत विद्यार्थी मात्र विद्यालय बाहिर गएका छन् । शिक्षक सबै विद्यालयमा हुनुहुन्छ । सम्बन्धित पालिकाभन्दा बाहिर गएका बालबालिकालाई आफ्नो पायक पर्ने विद्यालयमा सम्पर्क गराउनुपर्छ । त्यहीबाट सिकाइ तथा मूल्यांकन गर्नुपर्छ ।

विद्यार्थीको मूल्यांकन अब कसरी हुन्छ ?

निरन्तर विद्यार्थी मूल्यांकनलाई प्राथमिकता दिइनुपर्छ । उदाहरणको लागि विद्यार्थीलाई सहिद दिवसका विषयमा निवन्ध लेख्न लगाउनुहुन्छ तर संविधानका बारेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास पढ र लेख भनेर लगायो भने विद्यार्थीको सिकाइ क्षेत्र अझ व्यापक हुन्छ । लम्बाइ, चौडाइ, उचाइ दिएर क्षेत्रफल निकाल्न लगाउनु भन्दा उसको घरको क्षेत्रफल नापेर ल्याओ भनेर नाप्न लगायो भने त्यो ज्ञान विद्यार्थीका लागि अझ व्यवहारिक हुन्छ । यसका लागि सम्बन्धित निकायले वातावरण सिर्जना गर्ने हो ।

घरदैलो शिक्षण प्रभावकारी होला त ?

वर्तमान सन्दर्भका विद्यार्थीलाई विभिन्न पाँच समूह वर्गीकरण गरेर वैकल्पिक सिकाइको सुरुवात गरिएको छ । शिक्षकहरु धेरै स्थानीय हुनुहुन्छ । धेरै शिक्षकले सुरुदेखि विद्यालयमा नै हुनुहुन्छ । कही कतै अपवादमा कोही शिक्षक कार्यस्थलमा नपुग्नु भएको भए सबै कार्यस्थलमा पुग्नैपर्छ । शिक्षकले आफ्नो विद्यार्थीलाई चिन्नुहुन्छ । विद्यालयले शिक्षकलाई जिम्मेवारी तोक्नुपर्छ । जिम्मेवारी लिएका शिक्षकले एक हप्तामा कति काम गर्यो ? आफ्नो जिम्मा अनुसार शिक्षकले आफ्नो जिम्मेवारी पुरा गर्नसक्नु हुन्छ । काठमाडौं, भरतपुर लगायतका केही ठाउँमा विद्यार्थी पहिचान गर्न समस्या भए पनि अधिकांश विद्यार्थी शिक्षक परिचित हुनुहुन्छ । त्यसैले जनस्वास्थ्य र सुरक्षाका उपाय अपनाएर विविधता अपनाएर शिक्षक विद्यार्थीसंग पुग्नुपर्छ । सबै विद्यार्थीसंग एउटा शिक्षक पुग्न सक्दैन । त्यसैले सिकाइसामग्री लिएर अस्थाई सिकाइ केन्द्र स्थापना गरेर शिक्षण गर्न सक्नुहुन्छ ।

आगामी वर्षको एसईई के हुन्छ ?

अहिलेको अवस्थामा विद्यालय शिक्षा कक्षा १२ सम्म भइसकेपछि कक्षा १० को परीक्षा विद्यालयले नै गर्ने भन्ने हो तर ऐन संग जोडिएको हुँदा अहिले नै के हुन्छ भन्ने अवस्था छैन ।

कक्षा १२ को परीक्षाकहिले हुन्छ ?

राष्टिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा ऐन अनुसार हुन्छ । स्वास्थ्य, जनसुरक्षाका अवस्था मन्त्रालयले चाहेरमात्र हुँदैन । १२ को परीक्षाका लागि बोर्डले दिएको सुझाव अहिले छलफलमा आएको छ । मन्त्रालको चासो भनेको विज्ञको सुझावअनुसार कक्षा १० जस्तै भएर जानु हुँदैन भन्ने आएको छ । विज्ञको सल्लाह, सुझाव र परामर्श लिएर योजना बनाउने हो । विद्यार्थीलाई पायक पर्ने स्थानबाट परीक्षा सञ्चालन गर्ने अर्को भौतिक दुरी कायम गरी परीक्षा सञ्चालन गर्ने जस्ता सुझाव आएका छन् । मन्त्री तथा मन्त्रालयले यस विषयमा छलफल गरिरहेको छ । यसको निकास चाँडै निस्कन्छ भन्नेमा हामी आशावादी छौं । कक्षा १२ को नतिजा प्रकाशन नगरी विश्वविद्यालयका कार्यक्रम प्रभावित हुने हुनाले अधिकत तीन हप्ताको सूचना दिएर परीक्षा सञ्चालन गर्छ ।

संघ, प्रदेश र स्थानीय तहमा समन्वय हुन सकेन भन्ने सुन्निछ नि ?

नयाँ अभ्यासमा केही समस्या देखिनु स्वभाविक हो । राजनैतिक संक्रमण सकिए पनि शिक्षामा सकिएको छैन । शिक्षा अहिले कानुनु संक्रमणमा छ । जिल्ला शिक्षा कार्यलयले सम्पादन गरेको काम स्थानीय तहले गरिरहेको छ । कही धेरै विद्यालय छन् भने कही कम विद्यालय भएका पालिका छन् । त्यहाँ स्रोत र साधनको अवस्था फरक हुन्छ । अर्को कार्यक्रममा पनि संक्रमण छ । तर यसबाट डराउनु पर्ने अवस्था छैन । सहअस्तित्व र सहकार्यको अवधारणलाई आत्मसाथ गरेर कार्यसम्पादन गर्नुपर्छ । भएका त्रुटिलाई सच्चयाएर सकारात्मक आलोचनालाई लिएर अघि बढ्ने हो ।

 

Thuprai - Books and E-books