After SEE Portal

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोह सम्पन्न

Bridge Course

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  वर्तमान सरकारको सामाजिक न्याय, सुशासन र समृद्धि मुख्य लक्ष्य बनाएको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहमा बोल्दै उनले आफू नेतृत्वको सरकार जनताको अवस्था बटुल्न र समृद्धिको यात्रालाई तीब्रता दिन प्रतिवद्ध रहेको बताए ।

 प्रधानमन्त्री प्रचण्डले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट उपाधि प्राप्त गर्ने सबै दीक्षितहरुलाई बधाई तथा निरन्तर सफलताको शुभकामना दिए ।

सो समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई छाता प्रतिष्ठानको रूपमा विकास गर्ने र प्रमुख संघीय अस्पताललाई शैक्षिक संस्थाको रूपमा विकास गर्दै लैजाने नीति लिएको बताए ।

सम्बोधन गर्दै मन्त्री गिरीले भने, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पताललाई केन्द्रमा राखेर यस प्रतिष्ठानको गठन गरेको थियो । तर समयानुकूल हुँदै गर्दा यसको दायरा पनि फराकिलो हुनुपर्छ र यस चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई अब छाता प्रतिष्ठानको रूपमा विकास गर्दै देशका प्रमुख संघीय अस्पताललाई टिचिङ इन्स्टिच्युट ९शैक्षिक संस्था० को रूपमा विकास गर्दै लैजाने नीति लिएको अवगत गराउन चाहन्छु ।’

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनको पूर्ण अंश

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूले गर्नुभएको सम्वोधन

५ फाल्गुण २०७९

दीक्षान्त समारोहका सभापति ज्यू,

उपस्थित विशिष्ट अतिथिज्यूहरू,

अतिथिज्यूहरू,

सञ्चारकर्मी मित्रहरू,

उपस्थित सम्पूर्ण महानुभावहरू ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान को तेस्रो दीक्षान्त समारोहमा सहभागी भई प्रतिष्ठानको कुलपतिको हैसियतले तपाईंहरूसामु आफ्नो विचार राख्न पाउँदा म हर्षित् छु । सर्वप्रथम प्रतिष्ठानको तेस्रो दिक्षान्त समारोहको पूर्ण सफलताको शुभेच्छा व्यक्त गर्दै यहाँहरू सबैमा बधाइ ज्ञापन गर्दछु । साथै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट उपाधि प्राप्त गर्नुहुने सबै दीक्षित महानुभावहरूलाई हार्दिक बधाइका साथ निरन्तर सफलताको कामना गर्दछु ।

प्रतिष्ठानबाट दीक्षित हुनुहुने तपाईहरूका लागि आजको दिन खुसी र विशेष गौरवका दिन हो । व्यक्तिगत जीवनका दृष्टिले, सामाजिक उत्तरदायित्वका दृष्टिले, राष्ट्र निर्माणको गुरूत्तर जिम्मेवारीका दृष्टिले आजको दिन तपाईहरूका लागि अविस्मरणीय दिन हो । आजको दिन आफ्नो भविष्य एवं देश र जनताप्रतिको उत्तरदायित्वमा थप संकल्प र अठोट गर्ने दिन हो । तपाईहरूले जुन उपाधि प्राप्त गर्नुभएको छ, त्यसभित्र यहाँहरूको लक्ष्यप्रतिको दृढता, लगनशीलता, अनुशासन र समाज एवं राष्ट्रका निम्ति केही गरिछाड्ने संकल्प लुकेको छ । त्यही मेहेनत र संकल्पको जगमा नै तपाईहरू दीक्षित हुने ऐतिहासिक क्षणमा हुनुहुन्छ । यो यहाँहरूको लागि मात्र नभएर हामी सबैका लागि प्रेरणादायी र गौरवपूर्ण छ ।

विश्वविख्यात भनाइ छ– सपना त्यो होइन जुन निदाउँदा देखिन्छ, बरू सपना त्यो हो जसले निदाउनै दिँदैन । हामीले वर्तमानको सुखका निम्ति भविष्यको सुन्दर अवसर गुमाउने कि वर्तमानमा मेहेनत र संघर्षका बलमा सुखद् भविष्यको निर्माण गर्ने रु यो छनोटको अधिकार तपाई–हाम्रो हातमै छ । समाज, राष्ट्र र जनताप्रतिको जिम्मेवारीलाई ठीक ढंगले बुझ्दा हाम्रो व्यक्तिगत र व्यवसायिक जीवनमा समेत निरन्तर प्रगति भइरहेको हुन्छ । यो यथार्थलाई जसले ठीक ढंगले बुझ्दछ, जीवनको सार्थकता त्यसले नै सिद्ध गर्न सक्दछ । तसर्थ, हामी सबैको छनोट दूरदृष्टिका साथ भविष्य निर्माणको दिशामा केन्द्रित हुनुपर्दछ । यसले मात्र दीक्षित हुनुको महत्व र गौरव प्रमाणित गर्दछ ।

प्रसिद्ध भनाइ छ ‘अग्रजहरू र शिक्षकहरूले बाटो देखाउने हो, हिड्ने जिम्मेवारी स्वयं आफ्नै हो ।” चिकित्सा विज्ञान प्रतिष्ठानले तपाईंलाई ज्ञान र सीपका साथ उच्चतम उपाधि प्राप्त गर्ने अवसर प्रदान गरेको छ, भविष्यको आधारशिला खडा गरिदिएको छ । तर, तपाईंहरूले प्राप्त गर्नुभएको ज्ञान, सीप र अनुभवलाई यस समाजमा सकारात्मक परिवर्तन ल्याउन र जनाताको सेवालाई विस्तार र विकासमा योगदान पु¥याउने जिम्मेवारी तपाईहरू स्वयंको हो । तपाईहरू स्वयं जिम्मेवार, सक्रिय, जिज्ञासु र कर्तव्यनिष्ठ भएर मात्र दीक्षान्त समारोहले कोरेको मार्गमा अगाडि बढ्न र निरन्तर सफलता हासिल गर्न सक्नुहुनेछ ।

मेडिकल स्कुल स्थापना गरी कम्पाउण्डर र ड्रेसरमार्फत् देशभरि स्वास्थ्य सेवा दिन सफल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रहेको यस वीरले आफ्नो उत्पादनमार्फत देशका विभिन्न ठाउँमा विशेषज्ञ सेवा पु¥याउन सफल भएको छ । यो आफै महत्वपूर्ण छ । नेपाल सरकारको सेवामा रहेका ५०० भन्दा बढी चिकित्सकहरूले यसै संस्थामार्फत् विशेषज्ञता र अति विशेषज्ञताको उपाधि प्राप्त गरी स्वास्थ्य सेवामा योगदान पु¥याएको र धेरै संख्यामा नर्सिङ सेवामा पनि  महिला तथा बाल स्वास्थ्यमा दक्षता हासिल गरी सेवा दिएको जानकारी पाउँदा म थप उत्साहित भएको छु । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आफ्नो दृष्टिकोण, लक्ष्य र उद्देश्यलाई मध्यनजर राखी स्वास्थ्य सेवाका लागि विश्वसनीय, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न, देशमा आवश्यक जनशक्ति उत्पादन गर्न, अनुसन्धान र चिकित्सा शिक्षाको विकासमा गरिरहेको प्रयास र पु¥याएको योगदान महत्वपूर्ण छ । प्रतिष्ठानले यस क्षेत्रमा थप परिस्करणसहित निरन्तरताको अपेक्षा गर्दै नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु ।

अस्पतालहरूलाई चिकित्सा शिक्षा र तालिम केन्द्रका रूपमा रूपान्तरण र विकास नगरी सुलभ, प्रभावकारी, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिँदैन, अनुसन्धानको कार्यलाई व्यवस्थित र परिणाममुखी तुल्याउन सकिँदैन । यसै यथार्थलाई मध्यनजर गर्दै प्रतिष्ठानले विराटनगर, भरतपुर, भैरहवामा रहेको सरकारी र सामुदायिक अस्पतालहरूलाई शिक्षण अस्पतालको रूपमा विकास गरेको छ । यसलाई निरन्तरता दिँदै सरकारी अस्पतालहरूलाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रको रूपमा विकास गर्दै जाने सरकारको संकल्पमा यहाँहरू सबैको सहयोग र प्रतिवद्धता प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले स्वास्थ्य सेवा प्रवाह, जनशक्ति उत्पादन र अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी पूरा गर्दै आए पनि सेवाग्राहीको चाप र विकसित नयाँ परिस्थितिका सामु त्यो पर्याप्त देखिँदैन । सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानहरूमा सेवा प्रदायक निकाय र व्यक्तिले प्रभावकारी सेवा नदिएको, प्राविधिक सामग्रीहरूको चुस्तदुरूस्त परीक्षण र परिचालन नगरेको, सार्वजनिक स्वास्थ्यको गुणस्तर कमजोर रहेको, पेशागत मर्यादा र आचरणमा स्खलन आएको, मिलेमतोमा सरकारी सम्पत्तिप्रति बेवास्ता र दुरूपयोगसमेत भएको, सेवाग्राहीप्रति विनम्रता र गम्भीरताको कमि रहेको जस्ता जनगुनासो र सार्वजनिक सञ्चारमाध्यममा आएका समाचारहरू हाम्रा लागि गम्भीर विषयहरू हुन् । यस्ता बेथितिहरूमा सुधारका लागि स्वास्थ्य क्षेत्रमा शल्यक्रियाको आवश्यकता महसुस हुन्छ ।

वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो मुख्य लक्ष्य बनाएको छ । चुनौतीपूर्ण अवस्थामा रहेको राजनीति र अर्थतन्त्रलाई सकारात्मक दिशा दिन, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न, देशका सम्पूर्ण विकास आयोजनाहरू तोकिएको गुणस्तर र तोकिएकै समयमा निर्माण सम्पन्न गरी समृद्धिको यात्रालाई तीव्रता दिन दृढसंकल्पित छ । सरकारको यस प्रयासमा प्रतिष्ठानको नेतृत्व, आवद्ध चिकित्सकहरू, कर्मचारीहरू र आम सरोकारवाला निकाय र व्यक्तित्वको रचनात्मक एवं सकारात्मक प्रयास, सहयोग र प्रतिवद्धता जरूरी छ ।

२०७२ सालमा जारी नेपालको नयाँ संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रूपमा प्रत्याभूत गर्दै समाजवादउन्मुख स्वास्थ्यको संकल्प गरेको छ । संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ्य सम्बन्धि हकको व्यवहारिक अभ्यासका निम्ति कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीगत प्रबन्ध र सुधार आवश्यक छ । वर्तमान सरकार संविधानमा व्यवस्था भएबमोजिमका ऐनहरू तर्जुमा गरी स्वास्थ्य सेवालाई निशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी कार्यान्वयन गर्न प्रतिवद्ध छ । त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य र पहल भइरहेको विषय पनि म यहाँहरू सबैलाई अवगत गराउँछु ।

आगामी दिनमा प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्वोधन हुने गरी अनुसन्धानका काममा थप प्रगति हासिल गर्नेगरि अगाडि बढ्ने अपेक्षा र निर्देशनसहित आफ्नो भनाइ टुंगाउँछु, धन्यवाद ।

A Levels MA
Thuprai - Books and E-books