After SEE Portal

शिक्षक महासङ्घले दुई महिने चौँथो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्यो

Bridge Course

लामो समयदेखि अध्यक्ष पदको विवाद खेपिरहेको नेपाल शिक्षक महासङ्घले चौँथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । गत वैशाख २० गते देखि सरकारसंग विगतमा भएका सम्झौता र शिक्षक तथा विद्यालयका कमर्चारीको हकहितका लागि तीन चरणको आन्दोलन गरिसकेको महासङ्घले पुनः चौथो चरणको आन्दोलनको घोषणा गरेको हो ।

महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडीले संयुक्त रुपमा विज्ञप्ति जारी गरी महासङ्घले असार १५ गतेदेखि दुई महिने आन्दोलनका कार्यक्रमको स्वरुप सार्वजनिक गरेका हुन् ।

महासङ्घले असार १५ गते मंगलबार स्मरण तथा श्रद्धान्जली कार्यकम, असार १६ गते बुधबार हरेक जिल्लाले आफ्नो जिल्ला भित्रका सर्वै विद्यालयका प्रधानाध्यापकहरुसँग प्रत्यक्ष वा अनलाईन वैठक तथा अन्तरक्रिया गरी महासङ्घको जारी आन्दोलनमा सहयोग र समर्थनका लागि छलफल गर्ने, असार १८ गते स्थानीय आन्दोलन परिचालन समितिको संयोजनमा गाउँरनगर पालिकाको कार्यालयमा शिक्षक(कर्मचारीको २० जनाको समूहले बिहान १००० बजेबाट १०० बजेसम्म ३ घण्टा धर्ना दिने भएको छ ।

असार १९ गते रानैतिक दलसँंग अन्तरक्रिया गर्ने,२५ गते हरेक जिल्लाको ५० जना शिक्षक–कर्मचारीको उपस्थितिमा शिक्षा विकास तथा समन्वय एकाइमा धर्ना दिने,  असार २५ गते हरेक जिल्लाको ५० जना शिक्षक(कर्मचारीको उपस्थितिमा शिक्षा विकास तथा समन्वय एकाइमा धर्ना दिने, साउन ६ गते सङ्घीय राजधानीमा धर्ना, साउन १५ गते शिक्षक(कर्मचारी रिले अनसन गर्ने, साउन २२ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना, साउन २९ गते बालवाटारमा धर्ना, भाद्र ४ गते गते विरोध जुलुश प्रदर्शन गर्ने र भाद्र ११ गते पाँचौ चरणमा प्रत्यक्ष सडक आन्दोलन गर्ने भएको छ ।

54

A Levels MA
Thuprai - Books and E-books