Scholarship edusanjal
Thuprai - Books and E-books

बायोटेक्नोलोजिस्टलाई राज्यले स्थान दिएन

Admission edusanjal
कोरोना भाइरस न्यूनीकरण तथा रोकथाममा बायोटेक्नोलोजिस्टहरूको भूमिकाका विषयमा जीव प्रविधि विज्ञान समाज नेपालका अध्यक्ष नविन नारायण मुनंकर्मीसँग इडियुपत्रले गरेको कुराकानीको सारसंक्षेपः

नेपालमा कोरोना संक्रमण दर फैलिन थालेको छ, यो बेला बायो टेक्नोलोजिस्टको भूमिका के कस्तो हुन्छ ?

जीव प्रविधिको क्षेत्रका वैज्ञानिकहरुको लागि पि.सि.आर (PCR) दैनिक प्रयोगमा आउने विधि हो । आज भोलि पि.सि.आर (PCR) को बारेमा नसुनेका नेपालीहरु विरलै छन् । यो मोलिकुलर क्रियाकलापसंग सम्बन्धित प्रविधि हो जसले वंशानुगत तत्व (Genetic materials) हरुलाई गुणात्मक रुपमा बढाउने (amplify) कार्य गर्दछ । हाल कोरोनाको सन्दर्भमा, भाइरसको आर.एन.ए. (RNA)  तत्काल पत्ता लगाउन सक्ने उच्चस्तरको पि. सि. आर (PCR) प्रविधिको आवश्यकता हुन्छ जसलाई रियल टाइम पि.सि.आर भनिन्छ । यो पत्ता लगाउने कार्य जीव प्रविधि क्षेत्रका वैज्ञानिकहरु (Biotechnologists) को हो । बायोटेक्नोलोजिस्टहरु ती वैज्ञानिकहरु हुन् जसको प्रमृ्ख क्रियाकलापहरु वंशानुगत तत्वहरु र PCR संग प्रत्यक्ष सम्बन्धित हुन्छन् । आजको अवस्थामा तीन करोड नेपाली जनसंख्यामा हदै भए करिब बीस हजार मानिसहरुको मात्र परीक्षण गरिएको छ । यसको प्रमुख कारण के हो भने, अहिले सम्म पनि, यी परीक्षण गर्ने प्रयोगशालामा बायोटेक्नोलोजिस्टहरुलाई सम्मिलित गराइएका छैनन् ।

सरकारले तपाईंहरुलाई कोरोना संक्रमण रोकथाममा सहभागिता गराएको छ त ?

छैन । यही कुरामा हामीले धेरैं अगाडि देखि नै सरकारलाई ध्यानाकर्षण गराउन खोजिरहेका छौं । हामी बायोटेक्नोलोजिस्टहरु यस्तै मोलिकुलर डाइग्नोसिसका कार्यहरुमा शिक्षा लिएका र तालिम प्राप्त हुनाले हामी यी क्षेत्रहरुमा पोख्त छौं । हामी यो COVID-19 ले निम्त्याएको विषम परिस्थितिमा यो बन्दाबन्दीको अवस्थामा घरमा नै थन्किएर बस्नुभन्दा आफ्नो सिपको प्रयोग गरी राष्ट्र सेवामा योगदान पुर्याउन चाहन्छौं ।

बायोटेक्नोलोजिस्ट जनशक्ति बारे बताइदिनुहोस् न ?

हाम्रो नेतृत्वमा अघि बढिरहेको यो जीव प्रविधि विज्ञान समाज नेपाल (Biotechnology Society Nepal, BSN) हालको अवस्थामा नेपालको एउटै क्रियाशील बायोटोक्नोलोजी समाज हो जसमा करिब २००० साधारण सदस्यहरु छन् भने ५०० भन्दा बढि आजीवन सदस्यहरु छन् जसमा यसका सल्लाहकारहरु र सहयोगीहरु समेत छन् जसमध्ये कतिपय देश भित्र हुनुहुन्छ भने कतिपय अन्य मुलुकहरुमा विश्वभरी छरिएर रहेका अवस्थामा छन् । हाल हामीसंग करिब २०० बायोटेक्नोलोजिस्टहरु छन् जो यो विषम परिस्थितिमा आफ्नो ज्ञान, सिप र अनुभवको प्रयोग गरी राष्ट्र सेवामा लाग्न तत्पर छन् ।

मोलिकुलर डायग्नोसिस गर्ने लाइसेन्स दिन सरकारलाई तपाईंहरुले दबाब दिइरहनु भएको छ ?

हामीले सरकारलाई दबाब दिएका छैनौं । हामीले केवल यो परिस्थितिमा हामीलाई काम गर्न र राष्ट्र सेवामा लाग्न अनुमति दिन मात्र आग्रह गरेका छौं । हाम्रो निर्णायक बिन्दु पहिले लाइसेन्स दिइयोस् अनि मात्र हामी कार्य गर्न अगाडी बढ्छौं भन्ने हैन । हाम्रो भनाइ के मात्र हो भने हामीलाई पहिले सेवा दिने मौका दिइयोस् अनि तत्पश्चात आफैं विचार गरियोस् कि हामीलाई लाइसेन्स दिनु उपयुक्त छ वा छैन ।

विश्वका हरेक देशले बायोटेक्नोलोजिस्ट जनशक्ति उपयोगमा ल्याएको छ । उनीहरुले लाइसेन्स कसरी पाए ? अनि नेपालका बायोटेक्नोलोजिस्टले किन पाएनन् त ? अन्यत्र देशको अनुभव र नेपालको अवस्था बताइदिनुहोस् न ?

हालको अवस्थामा कोरोनाले निकै नै जटिल परिस्थितिलाई निम्त्याएको छ र एउटा भाइरसको कारणले सम्पृ्र्ण विश्व नै बन्दाबन्दी (Lockdown) को अवस्थामा पुगेको छ तर संगसंगै यसले मानवजातिलाई यो शिक्षा पनि दिएको छ कि जीव प्रविधि विज्ञानको क्षेत्र विस्तार र महत्व कति धेरैं छ । अन्य मुलुकहरुले बायोटेक्नोलोजीको महत्व बुझेर नै यसलाई विशिष्ट स्थान दिएका छन् । उदाहरणको लागि, हामी धेरैं टाढा जानै पर्दैन । भारतको मात्र कुरा गर्ने हो भने पनि, भारतको सरकारमा बायोटेक्नोलोजीको मन्त्रालय समेत छ, जब कि नेपाली सरकार र प्रशासनको क्षेत्रमा बायोटेक्नोलोजीको बारेमा सुन्न पनि पाइन्न । नेपालमा तल्लो तह (ground level) देखि नै समस्याहरु देखिएका छन् । यहाँ स्वास्थ्य सुरुक्षा प्रणालीमा नै एक प्रकारको एकछत्र शासन प्रणाली (syndicate)  भएको कारणले पनि यस्तो भएको हुन सक्छ ।

लाइसेन्स प्राप्तिका लागि सरकारलाई नितिगत तहमा दबाब दिनु भएको छ ?

हामी सरकारलाई बायोटेक्नोलोजीको महत्व उजागर गर्ने नीतिगत र प्रयोगात्मक प्रमाणहरु दिइरहेका छौं । तदनुसार हामीले सरकारलाई यसको भूमिका र महत्वको बारेमा जानकारी समेत दिइरहेका छौं । तर हाम्रो सुनुवाइ भइरहेको छैन र सरकारले यी कुराहरुको वेवास्ता गरिरहेको छ । यहाँसम्म कि NHPC (Nepal Health Professional Council) मा समेत यो अवस्थामा COVID-19  लाई मत्थर पार्ने विषयहरुमा बैठकहरु समेत भइरहेको छैन ।

आर.टि.पि.सि.आर प्रविधि कोरोना परीक्षणमा प्रभावकारी मानिन्छ भनिएको छ । के यो सतप्रतिशत नै प्रभावकारी छ ? यो प्रविधि उपयोगमा ल्याउन के के को आवश्यकता पर्छ (जनशक्ति, प्रविधिका सामग्रीहरु लगायत)

कुनै पनि प्रविधि सतप्रतिशत प्रभावकारी हुन्छ भन्न सकिँदैन । RT-PCR (Real Time Polymerase Chain Reaction) पनि एउटा प्रविधि नै भएको हुनाले पक्कै पनि यो सतप्रतिशत नै प्रभावकारी चाँिह हुँदैन । तर यो यस्तो प्रविधि हो जसलाई WHO (World Health Organization) ले मान्यता प्रदान गरेको छ र COVID-19 रोग पत्ता लगाउन यो एउटा गोल्ड स्टान्डर्ड (Gold Standard) प्रविधि हो । आर्थिक रुपमा हेर्ने हो भने यो प्रविधि सञ्चालनमा ल्याउन निकै गाह्रो छ । तर नेपाल सरकारले यो प्रविधिलाई आफ्ना सातै प्रदेशहरुमा स्थापित गरिसकेको छ तर पनि यी क्षेत्रहरुमा बायोटेक्नोलोजिस्टहरुलाई स्थान दिइएको छैन । यो प्रविधिको कार्यान्वयनको सन्दर्भमा विभिन्न सामग्रीहरुको आवश्यकता पर्दछ । ती मध्ये सामान्य रुपमा यसलाई सञ्चालनमा ल्याउन छुट्टै आवास, घटिमा पनि दोस्रो तहको बायोसेफ्टि केबिनेट (Biosafety cabinet level 2) र दु्रत गतिको रेफ्रिजिरेटेड सेन्ट्रिफ्युज (High Speed Refrigerated Centrifuge) हरुको आवश्यकता पर्दछ । साथै जनशक्तिको रुपमा यस्ता प्रयोगशालाहरुमा करिब २–३ जना तहगत बायोटेक्नोलोजिस्ट वा यसमा कार्य गरेका अन्य विज्ञहरु र स्वास्थ्य क्षेत्रका व्यवसायीहरु (Medical Professionals) को आवश्यकता पर्दछ ।   

Courses edusanjal
Select college / campus
Schools edusanjal