SEE Result 2082

पूर्वाधार निर्माणको अनुदान लिन सात दिन भित्र विद्यालयले निवेदन दिनुपर्ने

विपदबाट भौतिक क्षति पुगेका विद्यालयले सातदिन भित्र प्रक्रिया पुर्याएर बागमती प्रदेश, शिक्षा विकास निर्देशनालय हेटौँडामा निवेदन पेश गर्नुपर्ने भएको छ ।

विपदबाट भौतिक क्षति पुगेका बागमती प्रदेश भित्रका सामुदायिक विद्यालयहरूलाई भौतिक पूर्वाधार निर्माणका लागि सङ्घीय शसर्त अनुदान अन्तर्गत भौतिक पूर्वाधार निर्माणका लागि अनुदान दिइने हुँदा सात दिनभित्र प्रक्रिया पुर्याइ निवेदन पेश निर्देशनालयले सूचित गरेको होछ ।

भौतिक पूर्वाधार निर्माणका लागि निर्देशनालयबाट यसभन्दा अगाडि पनि सूचना जारी गरिएको तर निवेदक विद्यालयको आवश्यक कागजात अपुग भएको हुँदा त्यस्ता विद्यालयहरूले नपुग भएको कागजात पुनः पेस गर्न र विपदबाट क्षति पुगी निवेदन दिन छुट भएका बागमती प्रदेश भित्रका सामुदायिक विद्यालय भएमा त्यस्ता विद्यालयले सात दिन भित्र निवेदन पेश गर्न सूचित गरेको छ ।

सङ्घीय शसर्त अनुदान अन्तर्गत विपदबाट भौतिक क्षति पुगेका सामुदायिक विद्यालयहरूलाई अनुदान दिइने भएको हुँदा क्षतिग्रस्त विद्यालयको विवरण एकीन गरी विवरण पेश गर्न सूचनामा भनिएको छ ।

निवेदक विद्यालयले स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयसहित सिफारिस, सुरक्षा निकायको रोहबरमा तयार पारिएको मुचुल्का, क्षतिको विवरण झल्कने तस्विरहरू, विपद् व्यवस्थापनका लागि आवेदन दिएको शीर्षकमा चालु आ।व। मा सङ्घ, प्रदेश र स्थानीय तह वा अन्य कुनै निकायबाट अनुदान प्राप्त नगरेको स्थानीय तहको किटानी सहितको सिफारिस, लागत इस्टिमेट, सम्बन्धित स्थानीय तहले विपद् व्यवस्थापनका लागि विद्यालयलाई प्राविधिक सेवा उपलब्ध गराउने प्रतिबद्धता पत्र सहित निवेदन दिनु पर्ने निर्देशनालयले आज जारी गरेको सूच्नामा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal