After SEE Portal

गणित रोग र यसका लक्षण तथा उपचारमा अभिभावक तथा गणितिज्ञको भूमिका

Bridge Course
सुशील खनाल सरस्वती माध्यमिक विद्यालय काठमाडौं

गणित भनेको गणना, नाप तथा विभिन्न ठोस सामग्रीहरूको आकारप्रकार आदिको संरचना, क्रम र सम्बन्धको विज्ञान हो, जसमा तार्किकता, परिमाणात्मक गणना, र विषयवस्तुको अमूर्तताको अभ्यास देखिन्छ । गणितीय ज्ञान, सिप र अभिवृत्ति दैनिक जीवनका क्रियाकलापहरूसँग प्रत्यक्ष सम्बन्धित हुन्छन् । गणितले मानिसमा समालोचनात्मक रूपले सोच्ने, तार्किक निर्णय दिने, दैनिक जीवनमा आउने समस्याहरूलाई समाधान गर्ने लगायत प्राप्त सूचनाको प्रस्तुति,आधारभूत गणितीय धारणा तथा तथ्यहरू सम्झन सक्दैन । विश्लेषण र उपयोगका लागि आवश्यक सिपहरूको विकासमा सहयोग पुर्‍याउँछ । समाजका सामाजिक, आर्थिक, राजनीतिक, वैज्ञानिक, भौगोलिक, ऐतिहासिक लगायत मानव जीवनका सम्पूर्ण पक्षसँग सम्बद्ध र तत्सम्बन्धी सम्पूर्ण विषयहरूको अध्ययनका लागि समेत गणितीय ज्ञान र सिप अत्यावश्यक हुन्छ । आजको बदलिँदो परिवेशमा दिन प्रतिदिन नवीनतम प्रविधिको विकास  हुँदै गएको छ । यसका लागि गणितीय ज्ञान,सिप अति आवश्यक पर्छ भने मानिसको दैनिक जीवनमा प्रयोगमा आउने विभिन्न वस्तुहरू, साधनहरू, यन्त्रहरू आदिलाई प्रयोगमा ल्याउन पनि गणितीय ज्ञान र सीपको आवश्यकता अपरिहार्य भएको छ ।

विद्यालय तहमा मात्रै नभएर हरेक क्षेत्रमा गणितको प्रभाव र प्रयोग बढी रहेकै छ । औपचारिक रुपमा मात्र नभएर अनौपचारिक रुपमा पनि हरेक मानिसहरूले जानेर वा नजानेर गणितको प्रयोग गरी नै रहेको विद्यमान अवस्था छ । यति महत्वपूर्ण र आवश्यक विषय हुँदाहुँदै पनि गणित आम विद्यार्थीको प्यारो विषय बन्न सकेको छैन अथवा भनौ बहुसंख्यक विद्यार्थीको चिन्ताको विषय छ । यसका पछाडिको मुख्य कारण भनेकै गणित व्यवहारिक बनाउन नसकिनू, प्रारम्भिक ज्ञान सही तरिकाले नसिकाईनू अथवा समाजमा यसको प्रभाव, प्रयोग र महत्वपूर्णता स्थापित गर्न नसक्नू नै हो । जबसम्म विद्यार्थी गणितमा रमाउन सक्दैन तबसम्म गणितसंग उसको सम्बन्ध राम्रो बन्न पनि सक्दैन । यदि गणितलाई दैनिक जीवनसंग जोडेर सिकाउने हो अथवा यसको व्यवहारिक पक्षलाई पनि सहज बनाउने हो भने गणित सबैको प्रिय विषय बन्ने थियो । धेरै समस्याहरू छोटो समयमै सहज तरिकाले सम्पन्न गर्न सकिँदा आम नागरिकहरूमा यसको लोकप्रियता र महत्वपूर्णता तीव्र हुने कुरामा कसैको दुई मत रहँदैन होला । बालबालिकाहरूको प्रारम्भिक अवस्था वा विद्यालय प्रबेशबाटै गणित विषय सुरु हुन्छ । सुरुबाटै बालबालिकाहरूको गणितीय ज्ञान प्रभावकारी बनाउन सकियो भने पछि पनि राम्रो हुन्छ अन्यथा कमजोर हुन्छ । जसरी घर निर्माणका लागि सुरुमै बलियो जग बनाइयो भने त्यो घर राम्रो र बलियो बन्छ तर जगै कमजोर भएमा घर पनि कहिले ढल्छ वा भत्किन्छ थाहा हुँदैन । त्यसैले बालबालिकाहरूलाई गणितमा सक्षम बनाउनु छ भने सुरुमै ख्याल गनुपर्छ अन्यथा नयाँनयाँ समस्याहरू थपिँदै गएमा दिमागमा गणित प्रति बितृहरुष्णा पैदा हुन्छ अथवा ससाना कमजोरीहरू जम्मा हुँदै अन्तत यसले एउटा रोगको रुप लिन्छ ।

यहाँ बालबालिकाहरू कसरी र किन गणितको चिन्तामा परेका हुन्छन् वा तँपाईको बच्चाले गणितमा के कसरी संघर्ष गरिरहेका छन् , गणित सिकाईका क्रममा के कस्ता व्यवहारहरू देखाउछन् वा बाधा ब्यबधानहरू भोग्नुपरेको छ । त्यसका लक्षणहरू के के हुनसक्छन् र ती लक्षण अनुसार समस्याको समाधान गर्न वा उपचार गर्न, अभिभावक वा गणितिज्ञको सल्लाह, सुझाब के हुन्छ जानी राख्नुपर्छ ।

सामान्य भाषामा भन्नुपर्दा गणित प्रति बालबालिकाहरूले देखाउने बितृष्णा, चिन्ता, नैराश्यता वा डर नै गणितको रोग हो । जब शरीरमा यसले थोरेथोरै गरी आफ्नो प्रभाव जमाउदै जान्छ, त्यसपछि यसबाट बाहिर निस्कन ठूलै कसरत गर्नुपर्छ । त्यसैले यसका लागि आवश्यक पर्ने जानकारीहरू सुरुबाटै राखिराख्नु उत्तम हुन्छ ।

गणित कक्षाकोठा, शिक्षक, परीक्षा वा गृहकार्यबाट चिन्तित छ 

आधारभूत गणितीय धारणा तथा तथ्यहरू सम्झन सक्दैन । तँपाईको बच्चा विगतमा सिकेका गणितीय धारणा, परिभाषा वा तथ्यहरू सम्झनै संघर्ष गरिरहेको हुनसक्छ । हरेक नयाँ विषयवस्तुको सिकाईका लागि आवश्यक पर्ने पूर्वज्ञान तथा जानकारीको अभावमा थप सिकाई प्रभावित भएको हुनसक्छ ।

विशिष्ट गणितीय धारणा तथा तथ्यहरू सिक्नै गाह्रो 

तँपाईको बच्चा कुनैपनि विषयवस्तुको सिकाईका लागि गणित कक्षाकोठा, शिक्षक, परीक्षा वा गृहकार्यबाट चिन्तित छ  आवश्यक पर्ने ज्ञान तथा जानकारीको निर्माण गर्न त्यति चाँसो नदिएको वा बुझ्न नखोजेको जस्तो हुनसक्छ । अथवा गणित सिकाई प्रति नै नैराष्यता महसुस गरेको त छैन ?

समय व्यवस्थित गर्न सक्दैन

तँपाईको बच्चा गणित सिकाईका लागि आवश्यक पर्ने समय व्यवस्थापन गर्न नसकेर अथवा पढ्ने समय तालिका मिलाउन नसकेर चिन्तित त भएको छैन ?

गणितीय परिवारहरूबिचको सम्बन्ध जोड्न सक्दैन

गणित कक्षाकोठा, शिक्षक, परीक्षा वा गृहकार्यबाट चिन्तित छ । तँपाईको बच्चा गणितमा कुनैपनि विषयवस्तुको सम्बन्ध स्थापित गर्न सक्दैन वा जान्दैन । गणितका अधिकांस विषयवस्तुहरू एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् , तर बालबालकिाहरूले तिनीहरूबीचको सम्बन्ध बुझ्न सकेनन् भने सिकाई प्रक्रिया कमजोर बन्छ । जस्तै १० र २ जोड्दा १२ जानेकोले १२ बाट २ घटाउदा १० वा १२ बाट १० घटाउदा २ हुन्छ भन्ने बुझ्नुपर्ने हो । यदि यस्तो सामन्जस्यता नभएमा पनि समस्या हुन्छ ।

दिमागी गणित कमजोर छ 

तँपाईको बच्चा हरेक समस्या समाधानका लागि दिमागको प्रयोग भन्दा हातका औलाको बढी प्रयोग गर्छ । जस्तै चित्रात्मक रुपमा नभएका गणितका जतिसुकै ठूला जोड, घटाउ, गुणन, भाग आदिमा पनि हातकै औला भाँच्न खोज्छ भने त्यो पनि एक समस्याकै रुप हो ।

दैनिक जीवनसंग गणितलाई जोड्न सक्दैन

तँपाईको बच्चा कुनैपनि सैद्धान्तिक रुपमा सिकेको सिकाईलाई फरक सन्दर्भमा वा अन्य नयाँ ठाँउ वा परिबेशमा जोड्न सक्दैन । अथवा सामान्य जोड, घटाउका सिकाई बजारमा सामान किन्दा पैसाको कारोबार जान्दैन भने पनि उसको सिकाई अपूरो छ भन्ने बुझ्नुपर्छ ।

कुनैपनि समस्या समाधानमा फरक प्रक्रिया वा विधि प्रयोग गर्न सक्दैन ।

तँपाईको बच्चा कुनैपनि विषयवस्तुको सिकाईमा कसैले सिकाएको प्रक्रिया वा विधि बाहेक अन्य तरिका प्रयोग गर्न सक्दैन । अथवा शिक्षकले जे जसरी पढाए, त्यो बाहेक अरु तरिका वा विधि नै सोँच्न सक्दैन भने बुझ्नुहोस की उ गणितको समस्या मै छ ।

गणित रोगको उपचारमा अभिभावकको भूमिका

तँपाईको बच्चा विद्धालय वा घरमा पढ्ने समयमा अरु विषयको तुलनामा गणितका लागि अत्यन्तै कम समय दिन्छ भने यो बुझ्नुहोस की उ गणितप्रति अरुचिकर देखिन्छ । कक्षाकोठाको प्रस्तुतीकरण होस् वा गृहकार्य गर्ने सवालमा होस्, उसले गणितमा भरसक कम समय दिन खोज्दैछ ।

गणित कक्षाकोठा, शिक्षक, परीक्षा वा गृहकार्यबाट चिन्तित छ ।

तँपाईको बच्चा गणितको नाम सुन्दैमा त्रसित छ अथवा तनाबको मुख्य श्रोत नै गणित ठान्छ भने यो बुझ्नुपर्छ की ऊ गणित सिकाइ  प्रति उत्साहित छैन । उसलाई गणित कक्षाकोठा, गणित शिक्षक वा गणितको परीक्षा र गृहकार्य प्रति नै बितृष्णा पैदा भएको हुनसक्छ ।

अरुले गणित मन नपराएको वा घृणा गरेको कुरा तँपाईसंग भन्छ

तँपाईको बच्चाले अरु कसैले कतै गणितको बारेमा नराम्रो भनेको वा अरु धेरै जनाले मन नपरेको कुरा सुनेको छ भने खुसी हुँदै तँपाईसंग सेयर गर्छ भने बुझ्नुहोस की उसले पनि गणितलाई घृणा गर्दछ ।

यदि तँपाईको बच्चाले पनि यी माथिका जस्तै लक्षण देखाएमा जतिसक्दो छिटो सही मार्गमा ल्याउन तँपाईको भूमिका महत्वपूर्ण हुन्छ । जसका लागि तँपाई स्वयम पनि केहि गर्न सक्नुहुन्छ अथवा कसैको सहायता लिन सक्नुपर्छ । जसका लागि तँपाइले गर्न सक्ने केहि तरिकाहरू यसप्रकार छन् ।

गणित रोगको उपचारमा अभिभावकको भूमिका

तँपाइको बच्चा विद्यालयबाट घर आइसकेपछि जब साँझतिर गृहकार्य गर्न बस्छ वा पढ्नलेख्न थाल्छ, तँपाई पनि उसंगै वसेर सहयोग पुराउनुहोस्, उसलाई परेका कठिनाई के के छन् बुझेर सहजीकरण गर्नुहोस् । यदि आफूलाई गणित आउछ भने आफै नत्र कोही गणित शिक्षकको व्यवस्था गरेर आवश्यक न्यूनतम सिप सिकाइमा निरन्तर आफ्नै उपस्थितिमै बच्चाको मूल्याङ्कन गर्नुहोस् ।

समस्याको क्षेत्र पहिल्याइ उचित व्यवस्थापन गर्नुहोस्

तँपाइको बच्चा गणितको कुनकुन विषयवस्तु वा क्षेत्रप्रति संघर्षरत छ पहिले त्यो पहिचान गर्नुहोस् । त्यसपछि मात्र तँपाइलाई आवश्यक पर्ने समस्या समाधानका श्रोतहरू प्रयोग गर्न वा समाधानको योजना बनाउन सहज हुन्छ, जसका लागि तँपाईले शिक्षकसंग सहजीकरण गरेर आवश्यकतानुसार शिक्षक व्यवस्थापन पनि गर्न सक्नुहुन्छ ।

सकरात्मक बनी प्रेरणा दिनुहोस् 

तँपाईको बच्चा गणितमा जतिसुकै कमजोर भएपनि उसलाई हौसला दिँदै सिकाइ प्रक्रियामा नझर्किकन सहायता पुराइराख्नुहोस्, जसबाट उसमा सिकाइप्रति उत्सुकता देखिरहिरहोस् । उसलाई नैराष्य बनाउने कुनैपनि गतिविधि नराखी समस्या समाधान प्रक्रिया रोचक बानाउनुहोस् ।

गणित रमाइलो छ 

गणित चिन्ताको विषय नभएर यो त एउटा रमाइलो खेल जस्तै हो भन्ने कुरामा विभिन्न तरिका सहितका विषयवस्तु समाबेश गरेर आफ्नै उपस्थितिमै जानकारी दिनुहोस् । जस्तै लुँडोको खेलबाट छिट्टै जोड सिक्न सक्छ । दिमागी गणितका खेलबाट पनि जोड, घटाउ, गुणन, भाग सिक्न सहज हुन्छ ।

गणितको उपयोगिता 

तँपाईको बच्चाले सैद्धान्तिक रुपमा सिकेको सिकाईलाई फरक सन्दर्भमा वा अन्य नयाँ ठाँउ वा परिबेशमा जोड्न मिल्ने खालका ठाँउमा प्रयोग गरेर देखाउनुहोस वा गर्न प्रेरित गर्नुहोस् । बजारमा सामान किन्न पठाँउदा उसले गरेको पैसाको कारोबारलाई तुरुन्तै सिकेको सिकाईसंग जोड्दिनुहोस् । जसबाट उसले गणितको उपयोगिता देख्न सक्छ र गणिताप्रति सकरात्मक धारणा राख्न थाल्छ ।

गणित रोगबाट वँच्ने उपायहरू

गृहकार्यलाई कहिल्यै पनि विकल्पका रुपमा लिनुहुदैन । यसले कक्षाकोठामा सिकेको सिकाई वा धारणालाई मजवुत बनाउने वा स्मरण योग्य बनाउने काम गर्छ र आवश्यक परेको बेलामा वा बिर्सेको समयमा सम्झाउन सहयोग पुराउछ । तत्कालीन सिकाईलाई बुझ्ने तथा संरक्षण गरेर राख्ने गृहकार्यलाई संगठित बनाएर एकिकृत रुप दिँदा आवश्यक परेको बेलामा हेर्न सकिन्छ, जसले बिष्मरणबाट पनि जोगाउँछ । त्यसैले गृहकार्यलाई नियमित कार्यको रुपमा महत्वपूर्ण स्थान दिनुहोस् ।सरस्वती माध्यमिक विद्यालयकाठमाडौंका सरस्वती माध्यमिक विद्यालयकाठमाडौंका 

कक्षा शिक्षण कहिल्यै नछुटाउनुहोस् 

गणित शिक्षण सिकाई क्रियाकलाप विभिन्न सिकाइको संगठित रुप हो । हरेक नयाँ सिकाईमा अगाडिको सिकाई तथा सीप अपरिहार्य हुन्छ । कक्षाकोठामा हरेक दिनको शिक्षण सिकाई तिब्र रुपमा अगाडि बढिरहन्छ । हरेक दिन नयाँ नयाँ परिभाषा , धारणाहरू तथा सूत्रहरू र नियमहरू शिक्षण गरिएको हुन्छ । आज जे सिकेको छ, त्यही भोलिका लागि आधार बन्छ । त्यसैले कक्षाशिक्षणमा नियमित हुनुपर्छ । नत्र गणितले अनुपस्थितीलाई दण्ड दिन्छ र त्यसको प्रभाव रहिरहन्छ । त्यसैले कक्षाकोठाको शिक्षणमा विशेष कारण अनुपस्थित भइहालेमा अर्को दिन तुरुन्तै साथीहरूसंग छुटेको विषयवस्तुमा जानकारी लिनुपर्छ, अन्यथा गणितले तँपाईमा नयाँपन थप्दै जान्छ र जुन पछि झांगिदै गएर समस्या बन्छ ।

एकजना साथीलाई अध्ययन गर्ने सहयात्री बनाउनुहोस्

विभिन्न कारणले कहिलेकाँही कक्षाकोठामा अनुपस्थिती बाध्यता हुन सक्छ, त्यसैले एकजना मनमिल्ने साथीलाई सहयात्री बनाउनुहोस् । यसले तँपाइहरूलाई सहायता पुराउछ । कहिलेकाँही सामान्य अस्पष्टताले सताइरहेको हुन्छ, जुन शिक्षकसंग सोध्न पनि असजिलो मान्नुहुन्छ भने त्युका लागि पनि सहयात्री साथी महत्वपूर्ण हुन्छ । उसंग विना हिचकिचावट सहज तरिकाले सिक्न पाइन्छ । अहिले विश्वमै गणित शिक्षणमा साथीहरू बीचको सहशिक्षण र अन्तक्र्रियालाई प्रभावकारी मानिएको छ । एकआपसमा अन्तरक्रिया गरेर छलफल गर्दै सिक्ने र सिकाईलाई दिगो बनाउन यो महत्वपूर्ण हुन्छ । त्यसैले यसलाई गणित शिक्षणमा उपयोग गर्नुहोस् ।

 शिक्षकसंग राम्रो सम्बन्ध स्थापित गराउनुहोस्

हरेक शिक्षकसंग तँपाइ जस्तै सयौ विद्धार्थीहरू अध्ययन गर्छन्, जसले गर्दा एक शिक्षकको नजरमा सबैले बराबर तर सामान्य सम्बन्ध राखेकै हुन्छन् तर तँपाईले यदि गणित सहज र सरल बनाउने हो भने गणित शिक्षकसंग राम्रो सम्बन्ध स्थापित गराउनैपर्छ । त्यसैले शिक्षणको सुरुमै गणित शिक्षकसंग नजिकको सम्बन्ध स्थापित गरी आफ्नो परिचय गराउनुहोस् र गणितप्रति उत्प्रेरित भएको महसुस दिलाउनुहोस्, जसले शिक्षकलाइ यो विद्धार्थी गणित सिक्नमा उत्साहित छ र नयाँनयाँ सिक्न खोज्छ भन्ने आभास दिलाउनुहोस् । शिक्षकलाई आफ्ना अभिभावकसंग पनि परिचित गराई तँपाईको अवस्था बारेमा निरन्तर जानकारी लिन लगाउनुहोस । यसले गर्दा शिक्षकमा निरन्तर तँपाईप्रति चाँसो बढाइरहन्छ ।

प्रत्येक गल्तिको विश्लेषण गर्नुहोस्

हाम्रो बानी वा संस्कार भनौ, गल्तिलाइ नजरअन्दाज गर्ने र सहीलाइ मात्र काखी च्याप्ने खालको छ । हरेक विद्धार्थीले विभिन्न गल्तिका बाबजुद पनि परीक्षामा पास हुन खोज्ने तर गल्ति किन, कसरी भयो चाँसो नदिने वा नखोज्नाले पनि गणितमा समस्या थपिएको हुनसक्छ । त्यसैले गल्तीलाई यतिकै नछोड्नुहोस, पहिचान गरी निरन्तर अभ्यास गरेरै भएपनि त्यसलाई बुझ्ने र सही कुरा पत्ता लगाएरै छोडेनुपर्छ । जसका लागि साथीहरू अथवा शिक्षकको र विभिन्न प्रविधिको सहायता लिन सकिन्छ ।

सहायता तुरुन्तै लिनुहोस् 

यदि तँपाईलाई कुनै कुरा गाह्रो लागेको छ अथवा पढेको कुरामा स्पष्टता छैन भने त्यसलाई जम्मा गरेर राख्ने वा पछि सिकौला भनेर कहिल्यै पनि नभन्नुहोस् । जतिसक्दो छिटो जहाँबाट हुन्छ, सहायता लिनुपर्छ । त्यसका लागि हरेक शिक्षकले तँपाइलाइ स्वागत गरेकै हुन्छन् । भोलि भोलि भनेर सानासाना समस्यालाई जम्मा गर्दा त्यसले ठूलो रुप लिन सक्छ ।

आफ्नो जिज्ञासा वा प्रश्न नलुकाउनुहोस् 

हामीले सिकेका सिकाईबाट निरन्तर नयाँनयाँ प्रश्नहरू बन्न सक्छन् । तँपाईसंग पनि केहि जिज्ञासा वा खुल्दुली छन् भने त्यसलाइ भित्र नदबाउनुहोस्, सोधिहाल्नुहोस र साथीहरूलाई पनि सोध्न प्रेरित गर्नुहोस । राम्रो प्रश्न सोध्नु भनेको दिगोे सीप निर्माण गर्नु हो । जति बढी प्रश्नोत्तर तथा अन्तक्र्रीया र छलफल हुन्छ त्यति बढी सिकाइ सहज बन्छ । यदि कहिलेकाँही प्रश्न सोधिरहँदा शिक्षकले तँपाईलाई दबाउन खोज्ने वा हतोत्साहित गर्न खोज्छन भने विद्धालय प्रशासन वा अभिभावकसंग पनि बताउनुपर्छ, जुन अत्यन्तै ठूलो संबेदनशील समस्या हो ।

आधारभूत सीप अनिवार्य रुपमा सम्झनुहोस्

गणित विषयमा केही यस्ता सीपहरू छन्, जुन सूचना प्रबिधिको प्रयोग गर्नुहोस्हरबखत चाहिरहन्छन् त्यस्ता सीपहरू कण्ठस्थ हुनुपर्छ । सामान्यतया गणितीय विषयवस्तुमा जोड, घटाउ, गुणन र भाग अपरिहार्य मानिन्छ र गुणनका तालिकाहरू कम्तिमा दश सम्म कण्ठस्थै हुनुपर्छ । यदि कण्ठस्थ छैन भने निरन्तर अभ्यास गराई त्यसको सम्झना गर्नुपर्छ । त्यसै गरी माध्यमिक तहको गणितमा बिजगणितको आधारभूत सीपहरू, चल, अचल, मिल्दा वा नमिल्दा पदहरू र तिनीहरूबीचका जोड, घटाउ, गुणन र भागका सम्बन्धमा पनि स्पष्ट हुनुपर्छ । जसरी नेपाली सिकाईमा क देखि ज्ञ सम्म र तिनका आकार, इकार, उकार र अंग्रेजी सिकाईमा ब् तय श् सहित खयअबदगबिचथ आधारभूत सीपहरू हुन्छन्, त्यस्तै गणितमा पनि यी माथिका सीपहरू महत्वपूर्ण हुन्छन् ।

निरन्तर अभ्यास गरिरहनुहोस्

भनिन्छ, गणित नौ दिनमा नौलो हुन्छ र बिस दिनमा बिर्सिन्छ । आज जानेको विषय पनि अभ्यास गरिएन वा यतिकै थन्काएर कापीमा छ भन्दै राखियो भने त्यो विर्सिइन्छ, त्यसैले हरेक हप्तामा हरेक पाठको पुनराबृती गरिरहनुपर्छ । अन्य विषयमा जस्तो गणित पढेर वा हेरेर स्मरण गर्न सकिदैन । यसका लागि अभ्यास गर्नैपर्छ वा प्रश्नहरूको समाधान नै गनुपर्छ । गणित यस्तो विषय हो, जसको जति बढी अभ्यास गरिन्छ र समस्या समाधान गरिन्छ त्यति बढी गर्न प्रेरणा प्रदान हुन्छ । हरेक प्रश्नहरूका आआफ्नै प्रक्रिया, नियम तथा सूत्रहरू हुन्छन्, त्यसैले गणितमा राम्रो गर्ने हो भने परीक्षामा जानुभन्दा अगाडि एकपटक सबैखालका समस्याहरू समाधान गर्नुपर्छ वा अभ्यास गर्नैपर्छ । गणित एक निश्चित क्रमबद्यतामा आधारित हुने हुनाले समस्याहरू समाधान गर्दा वा सम्झनुपर्दा सम्बन्धहरू स्थापित गरी सरल देखि जटिल रुपमा मिलाउन सक्नुपर्छ, जसले सिकाईमा उत्प्रेरणा बढाउछ ।

सिकाइ सरलदेखि जटिल क्रममा लैजानुहोस् 

गणितका हरेक विषयवस्तु एकअर्कामा अन्तरसम्बन्धित हुन्छन्, एक सिकाइले अर्को सिकाइमा मद्दत पुराउछ, त्यसैले सिकाईलाई क्रमबद्ध रुपमा सरल सरल विषयवस्तु सिकाएर मात्र जटिल विषयवस्तु सिकाउनुपर्छ । एकैपटक गाह्रो विषयवस्तु मात्र सिकाउन खोज्दा विभिन्न समस्याहरू अथवा कठिनाईहरू आउन सक्छन् । जस्तै जोड, घटाउ, गुणन र भागको साथै सरल गर्ने नियम नसिकाइ सरल गर्ने समस्या सिकाउदा उचित प्रतिफल प्राप्त गर्न सकिदैन ।

उत्तर निकाल्न भन्दा उचित प्रक्रियामा ध्यान दिनुहोस्

गणित विभिन्न नियम, सूत्र तथा परिभाषामा आधारित रहन्छ । गणितमा प्रतिफल भन्दा प्रक्रिया बढी महत्वपूर्ण हुन्छ । त्यसैले हरेक समस्या समाधानमा उत्तर न्किाल्न भन्दा उक्त समस्या समाधानका लागि आवश्यक पर्ने जानकारीहरू के के चाहिन्छ, त्यो पहिचान गर्न सक्नुपर्छ । प्रक्रिया सही भएपछि स्वभाविक रुपमै सही निष्कर्ष आउछ ।

गणितको शब्दकोष बनाउनुहोस्

गणितलाई प्यारो विषय बनाउनका लागि यसलाई पनि स्याहार गर्नु जरुरी छ । यसका पनि आआफ्नै शब्दाबली तथा पहिचानहरू छन्, अथवा निश्चित संकेतहरू, धारणहरूतथा परिभाषाहरू छन् तिनलाई नोट वा फ्लास कार्ड बनाएर आफ्नो पढ्ने कोठा वरीपरी टाँस्नुहोस् । जसले पनि गणित सिकाईमा सहजता नै ल्याउछ ।

क्याल्कुलेटर चलाउन सिक्नुहोस्

गणित सिकाईका लागि क्याल्कुलेटरको प्रयोग अनिवार्यता हुन्छ । यसको प्रयोग गर्न सोँचेजस्तो सजिलो छैन । तँपाईले क्याल्कुलेटरमा दबाएका हरेक क्रियाबाट आउने प्रतिक्रिया बुझ्नू नै यसको सिकाई हो । जस्तै उदाहरणको लागि तँपाईले -3 को वर्गको उत्तर खोज्दै हुनुहुन्छ भने के गर्नुहुन्छ ,पक्कै पनि -32 जसबाट तँपाईले उत्तर पाउनुहुन्छ -9 तर वास्तविकता त्यस्तो नभएर (-3)2 = 9 हुन्छ । त्यसैले प्रक्रिया तथा नियमहरू गणित विषयवस्तुका लागि महत्वपूर्ण हुन्छ ।

 सूचना प्रविधिको प्रयोग गर्नुहोस् 

अहिलेको २१ औ शताब्दी तथा सूचना र प्रविधिमा आएको ब्यापक परिवर्तनले विश्व नै साँगुरो भइरहेको अवस्थामा छ । विश्वकै जुनसुकै ठाँउमा घटेका घटनाहरू क्षण भरमै थाहा पाउन सकिन्छ । जुनसुकै समस्या समाधान गर्न तथा जानकारी चाहिएमा तुरुन्तै पत्ता लगाउन सकिन्छ । गणित विषयसंग सम्बन्धित हरेक समस्याहरूको समाधान जसरी खोज्यो त्यसरी नै प्राप्त गर्न सकिन्छ । युट्युब तथा गुगलमा गएर आफ्नो समस्या प्रविष्ट गर्ने बित्तिकै समाधानका सयौं जानकारीहरू आउछन् र आवश्यकता अनुसार छनौट गरी हेर्न वा सिक्न सकिन्छ । यसबाट लिखित जानकारी मात्र नभएर शिक्षकले पढाएकै दृश्य देख्न सकिन्छ, यसबाट पनि छुटेका पाठहरू तथा स्पष्ट नभएका विषयबस्तुको थप जानकारी प्राप्त हुन्छ ।

( लेखक कोटेश्वरस्थित सरस्वती माध्यमिक विद्यालय काठमाडौंका गणित शिक्षक हुनुहुन्छ)

A Levels MA
Thuprai - Books and E-books