CMAT

गोल्डेन हेण्डसेक लिन बाँकी शिक्षकले ३० दिनभित्र निवेदन दिनुपर्ने (निवेदनको ढाँचासहित)

Bachelors Portal

गोल्डेन हेण्डसेक लिन बाँकी भएका अस्थायी शिक्षकले  ३० दिनभित्र राष्ट्रिय किताबखाना (शिक्षक) मा निवेदन पेश गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाई मार्फत सेवा सुविधा लिन छुट भएका शिक्षकको आवेदन पेस गर्न केन्द्रले ७७ ओटै एकाईलाई निर्देशन दिएको हो ।

२०७३ साल असार १५ गतेसम्म अस्थायी शिक्षकको रुपमा अविछिन्न कार्यरत रही शिक्षा ऐन, २०२८ (संसोधन सहित) को दफा ११ (च) को उपदफा ९ अनुसार सुविधा प्राप्त गर्ने गरी उक्त ऐनको दफा ११ (च) को उपदफा १० बमोजिम स्वतः अवकास भएका शिक्षकहरूका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७५ चैत्र ११ को सचिवस्तरीय निर्णय अनुसार सेवा सुविधादिने निणय गरेको थियो ।

तत्कालीन अस्थायी शिक्षकहरूले सेवा सुविधा प्राप्त गरिसकेको तर, जानकारी नपाएको र सम्पर्कमा नआएको कारण अझैपनि उक्त ऐन बमोजिमको सुविधा लिन केही शिक्षकहरू छुट हुँदा केन्द्रले आवेदन माग गरेको छ ।

सेवा सुविधा लिन छुट भएका शिक्षकलाई शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा ११ च को उपदफा ९ बमोजिमको सुविधा प्राप्त गर्न आधार पूरा भएका र उपदफा १० बमोजिम स्वतः अवकास भएका अस्थायी शिक्षकबाट आवेदन माग गरिएको केन्द्रद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

शिक्षकहरूको आवश्यक कागजात सहितको विवरण तोकिएको अवधिभित्रै रुजु तथा प्रमाणित गरी समयमै पठाउन केन्द्रले एकाइलाई निर्देशन दिएको हो ।

Thuprai - Books and E-books
I Tech store