विद्यालय तहको पाठ्यपुस्तकको मूल्य गत वर्षकै कायम हुने (मुल्यसूची सहित)

यसवर्ष पाठ्यक्रम विकास केन्द्रले विद्यालय विद्यालय तहको पाठ्यपुस्तक गत वर्षकै कायम गरेको छ । केन्द्रले एक सूचना जारी गरी २०७७ कै मूल्य लागू गर्न निर्देशन दिएको हो  ।केन्द्रले सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ का लागि स्वीकृत गरेको मूल्य नै यथावत रहेको भएकोले सोही अनुरुप गर्न गराउन निर्देशन दिएको छ ।

केन्द्रले कक्षा १ देखि ९ सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा १० देखि १२ सम्मका पाठ्यपुस्तक (संस्कृत धारसमेत) को पुस्तकको मूल्य विवरण अनुसार गर्न गराउन निर्देशन दिएको छ ।

केन्द्रले कक्षा १ को मातृभाषा–स्थानीय विषय बाहेकको जम्मा मूल्य ५१८ रुपियाँ चार पैसा, कक्षा दुईको मातृभाषा–स्थानीय विषय बाहेकको जम्मा मूल्य ५५६ रुपियाँ आठ पैसा, कक्षा ३ को मातृभाषा–स्थानीय विषय बाहेकको जम्मा मूल्य ५८० रुपियाँ आठ पैसा, कक्षा ४ को मातृभाषा–स्थानीय विषय बाहेकको जम्मा मूल्य ६०२ रुपियाँ आठ पैसा, कक्षा ५ को मातृभाषा÷स्थानीय विषय बाहेकको जम्मा मूल्य ४०८ रुपियाँ एक पैसा कायम गरेको छ ।

त्यस्तै गरी कक्षा ५ को मातृभाषा–स्थानीय विषय बाहेकको जम्मा मूल्य बाहेकको ७१२ रुपैयाँ आठ पैसा, कक्षा ७ को मातृभाषा–स्थानीय विषय बाहेकको जम्मा मूल्य ७५२ रुपियाँ चार पैसा, कक्षा ८ को मातृभाषा–स्थानीय विषय बाहेकको जम्मा मूल्य ७६१ रुपियाँ तीन पैसा तोकिएको छ ।मन्त्रालयले कक्षा नौ को अनिवार्य सबै विषयको मूल्य ७७४ रुपियाँ चार पैसा, कक्षा दशको अनिवार्य विषय सबैको ४९६ रुपियाँ पाँच पैसा, कक्षा ११ को अनिवार्य तीन विषयको जम्मा २७० रुपियाँ ६ पैसा र कक्षा १२ को अनिवार्य तीन विषयको ३२३ रुपियाँ ९ पैसा ताकेको छ ।

केन्द्रले विवरणमा समावेश हुन नसकेका कक्षा ९ का ऐच्छिक विषयका मुद्रणीय प्रति एक रङमा भएकाले प्रति पेज ०.३६ र बहुरङमा छापिएका अंग्रेजी माध्यामका पाठ्यपुस्तकका हकमा नेपाली माध्याममा छापिएका पाठ्यपुस्तक सरह तथा अन्य कक्षाका एक रङमा छापिएको ऐच्छिक विषयका पाठ्यपुस्तकको हकमा प्रति पेज ०.३६ का दरले हुन आउने रकम (प्रिलिम्ससहित) पाठ्यपुस्तकको कभर÷प्रिलिम्स पेजमा उल्लेख गरी छपाई तथा वितरण गर्ने सूचनामा उल्लेख गरिएको छ ।

पाठ्यपुस्तकको पृष्ठसंख्या फरक परी मूल्य फरक परेमा पृष्ठसंख्या हेरी सच्याईने सूचनामा उल्लेख गरेको छ ।

मुल्यसूची सहित

Thuprai - Books and E-books