शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मन्त्री विद्या भट्टराईले शिक्षा सचिव तथा उपसचिवसंग कार्यसम्पादन करार सम्झौता गरेकी छिन् ।
सचिव डा दीपक काफ्ले, विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीलगायत मन्त्रालय मातहतका सहसचिवहरू तथा विभागीय प्रमुखहरूसँग कार्यसम्झौता करार गरेकी हुन्।
मन्त्री भट्टराईले मन्त्रालयमा शुक्रबार सचिवद्वय काफ्ले र पुडासैनीसहित कार्यसम्झौता करारमा हस्ताक्षर गरेकी छिन् ।
मन्त्री भट्टराईले कार्यसम्पादन लक्ष्य प्राप्तिको प्रतिबद्धता र एक अर्काको पारस्परिक सम्बन्ध, कामको दिशा निर्देश गर्ने आकार निर्देश तथा लक्ष्य, सहकार्य र समन्वयको वातावरण तयार गर्ने विश्वास व्यक्त गरिन् । ‘काम देखिने दस्ताबेज र आम जनतालाई थाहा पाउने व्यवहार हो ।’ उनले भनिन्, ‘प्रधानमन्त्री र मन्त्रीबिच भएको कार्यसम्झौता करार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकै एक मार्गनिर्देशन भएको र शिक्षा र विज्ञान जनताको जीवन र दैनिकीसँग तथा कामको प्रभावकारितासँग प्रत्यक्ष जोडिन्छ ।’
कार्यसम्पादन करारले कामलाई शतप्रतिशत सफल र समस्यालाई शून्य बनाउनेमा सहयोगी हुने बताइन् । मन्त्री भट्टराईले कार्यसम्पादन करार समस्या समाधान गरेर दक्षता बढाउने र कामलाई नतिजामुखी, प्रभावकारी र समयसीमाबद्ध बनाई सेवाग्राही सन्तुष्टि बढाउने उपाय भएकाले सबैलाई प्रतिबद्ध भएर काममा लाग्न अनुरोध गरिन् ।
कार्यसम्पादन करारलाई कार्य प्रक्रियाको अभिन्न अङ्ग बनाउँदै लक्ष्य पुरा गर्ने वस्तुनिष्ठ आधार निर्धारण गरी सुशासन, ऐन तथा निजामती सेवा ऐनको मर्मअनुसार सो सम्झौता गरिएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ। कार्य सम्झौतामा समय, लक्ष्य र सूचक तोकिएर १०० दिनभित्र गरिने ९ वटा, २०० दिनभित्र गरिने ८ वटा र २३ वटा अन्य कार्य सूचक तोकिएका छन्।