Bachelors Portal

उधारो पदकको सूचना आयो नाम अझै सार्वजनिक भएन

आज राष्ट्रिय शिक्षा दिवस, २०८१ मनाइँदै छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष पनि रु. ६० लाखको लागतमा विविध कार्यक्रमका साथ शिक्षा दिवस मनाउँदै छ ।

मन्त्रालयले विभिन्न शीर्षकमा शिक्षा क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई छानेर पुरस्कार प्रदान गर्दै आएको छ  ।

मन्त्रालयले यो वर्ष पनि नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदक लगायत उच्च शिक्षातर्फ व्यक्तिले प्राप्त गर्ने पुरस्कार तथा प्रमाणपत्र भने उधारो प्रदान गर्ने भएको छ ।

तर मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० र राष्ट्रिय शिक्षा दिवस २०८१ का अवसरमा घोषणा  गरेको  नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदक लगायत उच्च शिक्षातर्फ व्यक्तिले प्राप्त गर्ने पुरस्कार तथा प्रमाणपत्र वितरण सम्बन्धमा पछि थप सूचना सार्वजनिक हुने  मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख गरेको छ ।

नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम राष्ट्रिय शिक्षा दिवसका मन्त्रीस्तरको भदौ ३१ को निर्णय अनुसार पुरस्कृत हुने विभिन्न शैक्षिक संस्था एवं अन्तर्गतका पदाधिकारीहरू र उच्च शिक्षातर्फ नेपाल विद्याभूषण नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदक प्राप्त व्यक्तिहरूको नामनामेसी सहितको विवरण मन्त्रालयको वेबसाइट  मार्फत् सार्वजनिक गरिएको भनिए पनि वेबसाइटमा अहिलेसम्म देख्न सकिएको छैन ।

 दिवसको अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार स्वरूप प्रमाणपत्र र राष्ट्रिय शिक्षा दिवस २०७६ एवं राष्ट्रिय शिक्षा दिवस २०८० मा पुरस्कारको घोषणा भई प्रमाणपत्र र प्रशंसापत्र पाउन बाँकीका लागि  प्रमाणपत्र र प्रशंसापत्रहरूमध्ये विश्वविद्यालय अन्तर्गतका शिक्षक र कर्मचारीहरूको विश्वविद्यालय अनुदान आयोग, प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारीको हकमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र सार्वजनिक तथा निजी लगानीका विद्यालयका शिक्षक, कर्मचारी, विव्यस पदाधिकारी र बालविकास शिक्षकको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई मार्फत् वितरण गरिने सूचनामा उल्लेख गरेको छ ।

Thuprai - Books and E-books