After SEE Portal

शिक्षा मन्त्रालयले आलोपालो प्रणाली अपनाएर काम गर्ने

Bridge Course

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतका केही आयोग, केन्द्रीय कार्यालय र केही परियोजनाको काम आलोपालो प्रणालीमा सञ्चालन गर्ने भएको छ । मन्त्रालयले हिजो एक सूचना जारी गरी भीडभाड कम गर्दै काम सुचारु राख्ने व्यावस्था मिलाउन यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा आफू मातहतका २३ वटा कार्यलयहरुलाई कोभिड १९ रोकथामका लागि नेपाल सरकार मन्त्री परिषदबाट निर्णय भएकोले सो बमोजिम गर्नु गराउन निर्देशन दिएको प्रवत्ता दीपक शर्माले जानकारी दिए ।

सार्वजनिक कार्यलयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यलय बाहेक अन्य कार्यलयमा आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम सुचारु राख्ने व्यावस्था मिलाउन कार्यलय प्रमुखलाई निर्देशन दिइएको प्रवत्ता शर्माले बताए ।

मन्त्रालयले आजबाट सुरु भएको निषेधआज्ञाको समयमा घरबाटै गर्न सकिने कामको हकमा वर्क फर्म होमको व्यावस्था गर्न र यसरी पालोमा अनुपस्थित हुने कर्मचारीको हकमा सम्बन्धित कार्यलय प्रमुखले कोभिड काज जनाउने मन्त्रालयले हिजो प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books