शिक्षक सेवा आयोगले आज सञ्चालन गरेको माध्यमिक तहको परीक्षा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ ।
आजको लिखित परीक्षामा ३५ हजार ५५६ जना सहभागी भएका थिए । सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण तरिकाले परीक्षा सम्पन्न भएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
देशभरिकाबाट ३५ हजार ५५६ जना प्रतिस्पर्धा बाट सामान्य र विषयगत परीक्षा उत्तीर्ण गर्ने जम्मा एक हजार ५४७ शिक्षक नियुक्तिको सिफारिसका लागि आयोगले परीक्षा लिएको हो ।
आयोगले सामान्य परीक्षाको नतिजा वार्षिक कार्यतालिका अनुसार नै सार्वजनिक गरे पनि विषयगत परीक्षा र अन्तर्वार्ता गरेर करिब एक वर्ष भित्र नयाँ शिक्षक विद्यालयमा पठाउने अनुमान गरिएको छ ।
सूचना अधिकारी मरहट्टाले सात वटै प्रदेशमा १५४ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए । प्रदेश १ मा विराटनगर, मधेस प्रदेशमा जनकपुर, बागमती प्रदेशमा मकवानपुर र चितवन, गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा दाङ, कर्णाली प्रदेशमा सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा धनगढी र मकवानपुरमा सञ्चालन गरिएको परीक्षा उत्साहजनक रुपमा सम्पन्न भएको आयोगमा जानकारी आएको सूचना अधिकारी मरहठ्ठाले जानकारी दिए ।न हुनेछ भने बाँकी विषयका परीक्षा सञ्चालन हुनेछ ।