Bachelors Portal

भूकम्प प्रभावित १० जनालाई विद्यालय तहसम्म एलए एजुकेसन ग्रुपका संस्थापकले निशुल्क पढाउने

Managed Admission 2022

एलए एजुकेसन ग्रुपका संस्थापकले भूकम्प प्रभावित १० बालबालिकालाई आवासीय सुविधासहित अध्यापन गराउने घोषणा गरेका छन ।

 संस्थापकद्वय उमेश श्रेष्ठ र विद्या लिम्बूले भूकम्प प्रभावित १० जना विद्यार्थीलाई  आवासीय सुविधासहितको निस्शुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपियाँको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका हुन् ।

जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितबालबालिकालाई लक्षित गरी संस्थापक द्वयले यस्तो घोषणा गरेका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति ११४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी आमाबुबा गुमाएका १० जना बालबालिकाहरू (५ छात्र र ५ छात्रा)का लागि उच्च माध्यमिक तहसम्म एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाहरूबाट उच्च माध्यमिक तहसम्म अध्यापन गराउन यस्तो निर्णय लिएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

Select college / campus