Ranakalin Shiksha

सिकाइको निर्धारक तत्व परिवार र सिकाइमैत्री वातावरण हो

 

सिकाइलाई बालबालिकाको पारिवारिक शैक्षिक तथा आर्थिक अवस्था, भौतिक पूर्वाधार, सिकाइमैत्री वातावरणले प्रत्यक्ष असर पारेको तथ्य शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सन् २०१९ मा गरेको कक्षा १० को सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षणको  हालै सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । गणित, नेपाली, विज्ञान र गणित विषयमा गरेको अध्ययनमा देखाएको छ , हालै सार्वजनिक गरिएको सो प्रतिवेदनमा विद्यार्थी सक्रिय भएका ठाउँको सिकाइ उपलब्धि राम्रो भेटिएको प्रतिवेदन सार्वजनिक गरेको छ । यसै विषयमा इडियुसञ्जालले सञ्चालन गरेको इडियु टकमा इआरओका महानिर्देशक शिवकुमार सापकोटाले व्यक्त गरेको विचारको सारसंक्षेपः

 

इआरओको अवस्था कस्तो छ ?

मानिसल बाहिरबाट हेर्दा सामान्य देखिए पनि यस भित्रका गृहकार्य जटिल छन् । इआरओले गरेको अध्ययनपछि सिकाइको गुणस्तर सुधारमा सकारात्मक परिवर्तन गर्नुपर्छ । निश्चित उद्देश्यका लागि गरिएको अध्ययन प्रतिवेनले आफ्नो उद्देश्य पुरा गर्नुपर्छ । अध्ययन प्रतिवेदन सार्वजनिक भएपछि आगामी वर्षमा सिकाइ उपलब्धिमा सुधार हुनुपर्छ ।

विगतमा गरिएको अध्ययन र अहिलेको अध्ययनको पृष्ठभूमि कस्तो छ ?

इआरओले पहिलो पटक ठुलो मात्रामा कक्षा १० का विद्यार्थीलाई र्यान्डम सेम्पल मेथड प्रयोग गरेर देशभरिका ४२ हजार विद्यार्थी, १८ सय शिक्षक, १८ सय विद्यालय र ३६ सय प्रधानाध्यापकलाई समेटेर सन् २०१९ मा प्रतिवेदन तयार गरेको हो । विभिन्न परिस्थितिले गर्दा गत वर्ष यो प्रतिवेदन सार्वजनिक गर्न सकिएन । त्यसैले अहिले गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विभागीय निकाय हो । यो एउटा इन्डिपेन्डेट एजेन्सी हो । यसले विद्यार्थीको राष्ट्रिय उपलब्धि परीक्षण गर्छ । शैक्षिक निकायको कार्यसम्पादन परीक्षण गर्छ । राष्ट्रिय उपलब्धि परीक्षण नियमित परीक्षा भन्दा फरक हो । नियमित परीक्षणले विद्यार्थीको तत्कालको निश्चित कक्षामा हासिल गरेको उपलब्धि परीक्षण गरेर विद्यार्थीको अभिभावक र विद्यालयलाई जानकारी गराउन छ । हामीले गर्ने परीक्षण भनेको राष्ट्रिय स्तरमा सञ्चालन गरिने वैज्ञानिक पद्धति हो । पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धि विद्यार्थीले कति हासिल गरे भनेर गरिने परीक्षण हो । यो नेसनल एसेसमेन्ट टेष्ट हो । इआरओले पहिलो पटक ठुलो मात्रामा कक्षा १० का विद्यार्थीलाई र्यान्डम सेम्पल मेथड प्रयोग गरेर देशभरिका ४२ हजार विद्यार्थी, १८ सय शिक्षक, १८ सय विद्यालय र ३६ सय प्रधानाध्यापकलाई समेटेर सन् २०१९ मा प्रतिवेदन तयार गरेको हो । विभिन्न परिस्थितिले गर्दा गत वर्ष यो प्रतिवेदन सार्वजनिक गर्न सकिएन । त्यसैले अहिले गरिएको हो ।

अध्ययनको निचोड ?

कक्षा १० का लागि पाठ्यक्रमले निर्दिष्ट गरेको उद्देश्य हासिल गर्न सक्ने विद्यार्थी ५१ प्रतिशत मात्र भेटिए । यो तथ्यांकलाई तुलना गर्दा सन् २०११ मा कक्षा १० को सिकाइ उपलब्धि हासिल गर्ने विद्यार्थी ४१ प्रतिशत थियो । समग्रमा अहिले ५१ प्रतिशले मात्र छ । विगत १० वर्ष यता सिकाइ उपलब्धि सन्तोष जनक देखिएको छ । यो अध्ययन विद्यालयगत, जिल्लागत, प्रदेश रुपमा नहेरी राष्ट्रिय स्तरको हो । यसरी हेर्दा विगत १० वर्ष यता १० प्रतिशतकै उपलब्धि सुधार भएको छ । विद्यार्थीले, शिक्षकले र प्रधानाध्यापकले हासिल गरेका उपलब्धि सन्तोषजनक छ । उपलब्धिमा सुधार ल्याउन हामी सक्षम छौं ।

विज्ञले १० प्रतिशत उपलब्धिमा सुधार हुनु उत्साहनजनक नभएको प्रतिक्रिया दिँदै आएका छन् ?

शिक्षा मन्त्रालयले स्थापना गरेको रिसर्च एजेन्सी हो । हामीले हासिल गर्नु पर्ने सतप्रशित हो । त्यही अनुसार पाठ्यक्रम निर्माण गरिएको छ । शिक्षणका लागि तयारी भएका छन् । यो अंक कति आशाजनक कति निराशा जनक भन्ने कुरा विगतका अध्ययनसंग तुलना गर्नुपर्छ । हामी कक्षा ३, ५ र ८ को परीक्षण गर्छौं । यी तहमा तुलना गर्दा विद्यार्थीमा परिपक्वतासंग सिकाइ उपब्धिमा सुधार आएको छ । सार्कको परिवेशमा हेर्दा श्रीलंका, माल्दिभ्स बाँहेक अन्य मुलुकको सिकाइ उपलब्धि ५० देखि ६० प्रतिशतको हाराहारीमा छ । त्यसैले हामी क्षेत्रीय स्तरमा उस्तै देखिएका छौं । भौतिक सुविधा, ल्याब, पुस्तकालय, बगौंचा, प्रविधिको पक्ष, विषयगत शिक्षकका पक्ष, शिक्षण शैलीले सिकाइ उपलब्धिमा बाधा पारेको छ । सिकाइका सुविधा राम्रा भएका प्रदेश नं. १, २ लगायत सबै प्रदेशमा सिकाइ उपलब्धि राम्रो छ । पहिलो भाषाका रुपमा नेपाली रहेका विद्यार्थीको बाहुल्यता भएका ठाउँमा सिकाइ उपलब्धि राम्रो भेटिएको छ । नेपाली भाषा दोस्रो भाषाका रुपमा बोल्ने विद्यार्थीका लागि सिकाइमा खास सुधार गर्नुपर्ने देखिएको छ । विद्यार्थीको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर शिक्षण गर्ने विद्यालयमा सिकाइ उपलब्धि राम्रो देखियो । विद्यार्थीको प्राप्तिलाई केन्द्रमा राखेर शिक्षण गर्ने, विद्यार्थी शिक्षकको सम्बन्ध राम्रो भएका ठाउँमा सिकाइ राम्रो देखिइको छ । संस्थागत र सामुदायिक विद्यालयमा सिकाइ उपलब्धिमा फरक भेटियो । राम्रा सुविधा सम्पन्न विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि राम्रो भटियो । घरमा पढ्न दिएको औषत समयले, गृहकार्य गर्ने, अतिरिक्त अभ्यास गर्नेको सिकाइ उपलब्धि राम्रो देखिएको छ ।

माथिल्ला कक्षामा सिकाइ उपलब्धि राम्रो देखिनुको कारण ?

कक्षा ३, ५, ८ र १० को सिकाइ उपलब्धि हाराहारीमा छ । नेपाली,अङ्ग्रेजी, गणित, विज्ञान चारओटा विषयमा अध्ययन गरिएको छ । कतिपय विषयमा तुलनात्मक अध्ययन गरिएको छ । सिकाइमा उमेरले प्रभाव पार्ने देखिएको हो । तलको माथि भनेर तुलना गर्नुभन्दा विषयगत रुपमा माथिल्लो कक्षामा केयरिङ राम्रो पाउने, आफैं मेहनत गर्ने हुँदा राम्रो भेटिएको हो ।यसले विद्यार्थीको सर्वाङ्गीण सिकाइको चित्र हेर्दा संस्थागत र सामुदायिक विद्यालयमा ठुलो अन्तरको चित्र छैन । केही मात्र छ । विद्यालयमा उपलब्ध सिकाइ सुविधामा सिकाइ उपलब्धि अन्तरनिहिन पाइएको छ । जहाँ सिकाइ सुविधा राम्रो छ त्यहाँ सिकाइ उपलब्धि राम्रो छ । अभिभावको शैक्षिक अवस्था, परिवारको आर्थिक अवस्था पनि सिकाइका निर्धारत तत्वका रुपमा अध्ययनमा भेटिएको छ ।

https://www.youtube.com/watch?v=TtfwQirgarM

सामुदायिक संस्थागत विद्यालयको अवस्था कस्तो छ ?

यसले विद्यार्थीको सर्वाङ्गीण सिकाइको चित्र हेर्दा संस्थागत र सामुदायिक विद्यालयमा ठुलो अन्तरको चित्र छैन । केही मात्र छ । विद्यालयमा उपलब्ध सिकाइ सुविधामा सिकाइ उपलब्धि अन्तरनिहिन पाइएको छ । जहाँ सिकाइ सुविधा राम्रो छ त्यहाँ सिकाइ उपलब्धि राम्रो छ । अभिभावको शैक्षिक अवस्था, परिवारको आर्थिक अवस्था पनि सिकाइका निर्धारत तत्वका रुपमा अध्ययनमा भेटिएको छ ।

सामुदायिक विद्यालयका कक्षा १० को नतिजालाई अध्ययन गर्दा एसईईको प्राप्ताङ्कको औषत राष्ट्रिय परीक्षण भन्दा माथि छ । एसईईको आंकडालाई हेर्दा सामुदायिक विद्यालयबाट आएका विद्यार्थीको प्राप्ताङ्क उच्च छ । राष्ट्रिय परीक्षण भनेको नियमित परीक्षा होइन । निश्चित अवधिमा विद्यार्थी हासिल गरेको क्षमताको मात्र अध्ययन गर्दैन । यसले विद्यार्थीको सर्वाङ्गीण सिकाइको चित्र हेर्दा संस्थागत र सामुदायिक विद्यालयमा ठुलो अन्तरको चित्र छैन । केही मात्र छ । विद्यालयमा उपलब्ध सिकाइ सुविधामा सिकाइ उपलब्धि अन्तरनिहिन पाइएको छ । जहाँ सिकाइ सुविधा राम्रो छ त्यहाँ सिकाइ उपलब्धि राम्रो छ । अभिभावको शैक्षिक अवस्था, परिवारको आर्थिक अवस्था पनि सिकाइका निर्धारत तत्वका रुपमा अध्ययनमा भेटिएको छ ।

प्रतिवेदन बने थन्किएको अवस्थामा यो अध्ययनको औचित्य के छ ?

प्रतिवेदनले देशको सिकाए उपलब्धिको चित्र कोर्छ । अध्ययनका क्रममा एउटा तहको टर्मिनल तहको अध्ययन गर्छ । देशको सिकाइको अवस्थाको वास्तविक अध्ययन गर्छौं । यसले हामीलाई तहगत रुपमा अध्ययन गर्न मद्दत पुर्याउँछ । अन्तर्राष्ट्रसंग तुलनात्मक अध्ययन गर्न सघाउँ पुयाउँछ । अध्ययनमा सरकारले गरेको लगानी भनेको विद्यार्थीको सिकाइ उपलब्धिको अवस्था कहाँ छ ? सिकाइमा प्रभाव पार्ने पक्ष के कस्ता छन् भन्ने विषयको अध्ययन गर्न हो । त्यसैले सरकारले नीति निर्माण गर्दा कहाँ सुधार गर्नुपर्ने हो ? कुन विषयलाई प्रँथमिकता दिनु पर्ने हो सो विषयको बारेमा सघाउँ पुर्याउँछ । उदाहरणका लागि २०७२ सालको विनाशकारी भूकम्पपछिको अवस्थालाई लिन सकिन्छ । भूकमपपछिको पुनः निर्माणले सिकाइ, गुणस्तर र आकर्षणमा के कस्ता प्रभाव पारेको छ स्पष्ट देखिन्छ ।