After SEE Portal

५७ जनालाई कारबाही गर्दै काउन्सिलले गर्यो ३३ औं नाम दर्ता परीक्षाको नतिजा प्रकाशन

Bridge Course

नेपाल नर्सिङ काउन्सिलले गत असार २३ गते लिएको ३३ औ नाम दर्ता परिक्षाको नतिजा  सार्वजनिक गरेको छ । परीक्षामा प्रश्नपत्र अमर्यादित कार्य गर्ने ५७ जनालाई कारबाही गर्दै नतिजा सार्वजनिक गरेको हो ।

काउन्सिलले ७ जना परीक्षार्थीलाई तीन वर्षसम्म परीक्षा  दिन नपाउने गरी कारबाही गरेको छ । अन्य  ५० जना विद्यार्थीको नतिजा स्थगित गरेको छ। काउन्सिलले तीन वर्षसम्म परीक्षा दिन नपाउने विद्यार्थीमध्ये चार जनाको परीक्षा रद्ध गरेको छ भने तीन जनाको परीक्षाफल रद्ध गरेको छ। काउन्सिलले असार २३ गते लिएको परीक्षामा प्रश्नपत्र आउट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् भने ९ जना  फरार रहेको छन्।

 

A Levels MA