शिक्षक सेवा आयोगले गणित विषयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ ।
आयोगले अहिले सूचना जारी गर्दै गत असार ९ गते लिएको लिखित परीक्षाका नतिजा सार्वजनिक गरेको हो ।
आयोगले आगामी असोज २२।२३ र २४ गते आयोगको कार्यालयमा दिउसो एक बजे अन्तर्वार्ताका लागि लिखित परीक्षामा सफल उम्मेद्वारलाई बोलाएको छ ।
आयोगले नतिजामा चित्त नबुझे पुनर्योगका लागि भदौ ३१ गते कार्यालय समयमा आवेदन दिन समेत सूचित गरेको छ ।