MBA Managed Admission
Masters Portal

महिला नेतृत्वमा पुग्नै चुनौती

I Tech store

कार्यकारीमा होस् वा संस्थामा महिलालाई नेतृत्वमा पुगिहाले पनि  हरेक पदको अगाडि उपसर्ग ‘उप’ लागेर मात्र जिम्मेबारी प्रदान गर्ने गरेको पाइन्छ । सजिलै प्रदान गरिने पदमा उपसर्ग ‘उप’  लागेर जम्मेबारी प्रदान गर्ने गरिको छ ।

अझ विद्यालय सञ्चालनको प्रशासनिक पदमा त महिलालाई पुग्न नदिन विभिन्न खालका प्रपन्च गर्ने गरेको पाइन्छ । महिलालाई प्रशासनिक पद दिइहाल्यो भने पनि विद्यार्थी अभावमा ताल्चा लाग्ने अवस्थामा पुगेका, अभिभावकबाट विश्वास गुमेका विद्यालयको चाबी महिला शिक्षकलाई सुम्पिने गरिएको छ ।

काठमाडौं जिल्लाको मात्र कुरा गर्ने हो भने जम्मा ४२ ओटा विद्यालयमा महिला प्रधानाध्यापक कार्यरत छन् । ती सबैको अवस्था जर्जर भएपछि मात्र महिलालाई नेतृत्व सुम्पिएको छ तथापि ती सबै विद्यालय महिलाले नेतृत्व सम्हाले यता सुधार भएका छन् ।

प्रकृतिले नै महिलालाई समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने लचिलो व्यवहार प्रदान गरेको हुन्छ फलस्वरुप महिलाले नेतृत्व गरेका विद्यालयको सम्बन्ध समुदायसंग सुमधुर हुन्छ । तर महिला शिक्षकलाई सेवा प्रवेशमा नै  चुनौती हुन्छ । सकेसम्म समान तह र समान योग्यता भएका महिला भएपनि प्रधानाध्यापक नियुक्ति गर्दा पुरुषलाई नै बनाउने सबै तह र तप्काका मानिसहरु लागि पर्ने प्रचलन छ । विभिन्न समस्या र चुनौतीका बाबजुद नेतृत्वमा पुगिहाले पनि उसलाई सफल हुन नदिन विभिन्न चाल चल्ने प्रवृत्तिको विकास अझै पनि ज्युउँदै छ ।

महिला नेतृत्व विकास गर्न नीतिगत रुपमा समान तह र समान श्रेणीका भए महिलालाई प्राथमिकता दिने भनिए पनि व्यवहारमा लागु  हुन सकेको छैन । प्रधानाध्यापक छनौट गर्ने समयमा पहिला पुरुषको त्यसपछि मात्र महिलाको नाम आउँछ ।

महिला आमा, बुहारी, छोरी विभिन्न रुपमा हुने हुँदा उसको जिम्मेबारी आफै पनि दोहोरो–तेहोरो हुन्छ । समय दिन सकिँदैन, काम गर्न सक्दिन, जान्दिन भन्ने सोचका कारण महिला आफैं पनि जिम्मेबारी लिन चाहँदैनन् । यो सोचमा परिवर्तन आउन जरुरी छ । महिला भएकै कारण उसले काम गर्न सक्दैन भन्ने आम बुझाइको अन्त्य गरी म गर्न सक्छु भन्ने भावनाको विकास महिला शिक्षकमा  हुन जरुरी छ ।  अब जिम्मा लगाएको नेतृत्व मात्र होइन हस्तक्षेपपूर्ण तरिकाले नेतृत्व जिम्मा लिइ शिक्षा सुधारको अभियान्ता महिला शिक्षक बन्न जरुरी छ ।

त्यसपछि पनि समाज, समुदाय तथा अभिभावकले महिला प्रधानाध्यापकलाई सहजै स्वीकार्न नसकेको अवस्था छ । त्यसकारण यो भावनालाई जित्न शिक्षण प्रविधिमा नवीनतम अवधारण भित्र्याउन जरुरी छ । आमा बनेर बालबालिकाको मनोविज्ञान बुझी उसको कमिकमजोरीमा सुधार गर्दै अभिावकले रोजेको विद्यालय र खोजेको विद्यालय बनाउन काममा  लगनशिलता, बचनबद्धता र ढृण स ्कल्प लिएर अघि बढ्नुपर्छ ।

 महिला प्रधानाध्यापक किन बन्ने

 बालबालिकाको  सुनिश्चित भविष्यको खोजीका लागि ।  दत्तचित्त भएर काम गर्दै समुदायको माग, समय अनुसारको सिकाइ पद्धति अपनाइ समग्र दवेशको विकासका लागि महिला प्रधानाध्यापक हुन जरुरी छ ।

जुन सुकै क्षेत्रमा पनि महिलाले नेतृत्व हात लिएका संघ संस्थामा  आर्थिक पारदर्शिता  हुने गरेको कुरा ध्रुव सत्य हो । यसलाई स्थापित गरी समुन्नत समाजको निर्माण गर्न आवश्यक छ । सबैसंग मित्रवत व्यवहार गर्दै तटस्थ्य समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक छ ।

प्रधनाध्यापक कस्तो हुनुपर्छ ?

समुदायसंगको सम्बन्ध यर्थाथ परक राख्न सक्ने क्षमता भएको, राजनीतिक रुपले तटस्थ्य, चुस्त व्यवस्थापन गर्न सक्ने क्षमता भएको हुनुपर्छ ।

शिक्षा सुधार कसरी हुन्छ ?

सामुदायिक विद्यालयलाई समुदायको बनाउन सक्नु पर्यो । यसका लागि सरकारले आवश्यक विषयगत शिक्षक, अनावश्यक  झमेलाको अन्त्य गरी तीनै तहका सरकारको जिम्मेबारी तोक्दै शिक्षा ऐन जारी अविलम्ब जारी गर्नुपर्यो । शिक्षकका तमाम समस्या र भएका सहमतिलाई कार्यान्वयन गरी शिक्षण पेसालाई मर्यादित, व्यवस्थित बनाउनका लागि राज्यले जिम्मेबारी लिनुपर्छ ।

अन्त्यमा,

११३ औं नारी दिवसको सन्दर्भ सम्पूर्ण श्रमजिवी लगायत सम्पूर्ण तह र तप्काका महिलाले आफूभित्र रहेको क्षमताको सदुपयोग गरी नेतृत्व तहमा हस्तक्षेपपूर्ण तरिकाले जान प्रेरणा मिलोस् भन्ने शुभकामना दिन चाहन्छु । 

(लेखक पौडेल महिला शिक्षक समाजका  अध्यक्ष तथा नीलबाराही माविका प्रधानाध्यापक हुनुहुन्छ)

 

Thuprai - Books and E-books