SEE Result 2082

केन्द्रले अपाङ्गता सम्बन्धि समावेशी सामग्री उत्पादन गर्ने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अपाङ्गता भएका बालबालिकाको सिकाइलाई मध्यनजर गर्दै रेडियो तथा टेलिभिजनबाट प्रशारण हुने अपाङ्गता समावेशी सामग्री उत्पादन गर्ने भएको छ ।

श्रवणदृष्टि विहीनता भएका बाल बालिकाहरुका लागि सिकाइमा सहयोग गर्न श्रव्यदृश्य (डिजिटल) सिकाइ सामग्री विकास, दृष्टि सम्वन्धी अपाङ्गता भएका बालबालिकाहरुका लागि प्राडक्सन अफ यिस इ पब्लिक अयिडयो बुक तयार गर्ने भएको हो ।

विभिन्न प्रतिवेदनले अपाङ्गता भएका विद्यार्थीमा वैकल्पिक सिकाइमा चुनौतीपूर्ण भएको तथ्य सार्वजनिक गरेपछि केन्द्रले यो सामग्री उत्पादन गर्ने भएको हो ।

केन्द्रले सबै अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षाको पहुँच सुनिश्चित गर्न र शिक्षण सिकाइलाई प्रभावकारी बनाउदै कोभिडको प्रभाव न्यूनीकरण गर्न आर्थिक वर्ष २०७८–७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार अपाङ्गता समावेशी सामग्रीको विकास गर्ने कार्यक्रम रहेकोले स्वीकृत कार्ययोजना अनुसार सो उत्पादन गर्न लागेको एक सूचना जारी गरी जानकारी दिएको छ ।

सो सूचनामा अपाङ्गताको क्षेत्रमा परामर्श सेवाबाट काम गर्न इच्छुक संघसंस्था तथा फर्मले सूचना प्रकाशित भएका मितिले १५ दिनभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भण्डार शाखामा आइपुग्ने गरी प्रस्ताव पेस गर्न आग्रह गरेको छ ।

प्रस्तवका साथमा संस्था दर्ताको प्रमाणपत्र ⁄ नवीकरण पत्र, भ्याट पान दर्ता र आव २०७७–०७८ को कर चुक्ता प्रमाणपत्र, कालो सूचिमा नपरेको⁄ स्वघोषणा पत्र, कम्तीमा ३ बर्ष सम्वन्धित क्षेत्रमा काम गरेको अनुभव खुल्ने कागजात र तोकिएको कार्यका लागि आवश्यक जनशक्ति विवरण पेस गर्नुपर्ने केन्द्रको आन्तरिक प्रशासन शाखाले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal