केन्द्रलाई आर्थिक तथा प्राविधिक प्रस्ताव चाहियो (शर्त तथा बन्देजहरु)

विद्यालय तहको शिक्षाको प्रभावकारी सेवा प्रवाहका सन्दर्भमा संवैधानिक प्रावधान अनुसार तीन तहका सरकारको भूमिका र आपसी समन्वय बारे अध्ययन गर्न इच्छुकलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरेको छ ।

केन्द्रले आर्थिक वर्ष २०७६/७७ का वार्षिक स्वीकृत कार्यक्रम अनुसार संस्था वा फर्मलाई उक्त विषयमा अध्ययन गर्न उक्त सहयोग गर्ने भएको हो ।

तोकिएका तीन विषयमा अध्ययन गर्नका लागि सार्वजनिक खरिद नियमावली २०६४ (संशोधनसहित) को नियम ७२ बमोजोजिम परामर्श सेवा खरिद गर्नुपर्ने भएकाले याृ आर्थिक वर्षमा सूचीकृत भएका संस्था÷फर्मले केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखामा केन्द्रले निर्धारण गरेका शर्तअनुसार चैत्र १६ गते भित्र प्रस्ताव पेस गर्नुपर्ने केन्द्रले जानकारी दियो ।

अनुसन्धानका लागि आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्न केन्द्रले दोस्रो पटक सूचना जारी गरेको छ ।

पहिलो पटक फागुन १६ गते प्रकाशित सूचनाले अपेक्षा गरेअनुरुप प्रस्ताव नपरेपछि पुन दोस्रो पटक पुनः सूचना गर्नु परेको केन्द्रले जानकारी दियो ।

शर्त तथा बन्देज हेर्न यहाँ क्लिब  गर्नुहोस्ः

Thuprai - Books and E-books