After SEE Portal

आव २०७९–८० का त्रिविको बजेट रु. २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार रुपियाँ पारित

Bridge Course

त्रिभुवन विश्वविद्यालयको आजको सभाले आर्थिक वर्ष २०७९–८० का लागि प्रस्तावित रु २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार रुपियाँको बजेट पारित गरेको छ । त्रिवि सभाको वार्षिक र साधारण बैठकले त्रिविको प्रस्तावित बार्षिक बजेट पारित गरेको हो ।

प्रस्तावित बजेट रु २४ अर्ब ८७ करोड ५७ लाख १४ हजारमा नेपाल सरकारसँग आव २०७९–८० को बजेट बक्तव्य मार्फत शिक्षक–कर्मचारीको तलवमानमा गरेको १५ प्रतिशत बृद्धि सहित रु १४ अर्ब ३९ करोड ७ लाख ३० हजार प्रस्ताव गरेको छ ।

आन्तरिक तर्फ सञ्चालन तथा पुँजीगत खर्च गरी ९ अर्ब ५९ करोड ४९ लाख ४२ हजार र विकास कार्यक्रम तर्फ ८९ करोड ४२ हजार रकम प्रस्ताव गरेको छ ।

यसैगरी आगामी वर्षको लागि नियमित कार्यक्रममा हुने खर्च १४ अर्ब ३९ करोड ७ लाख ३० हजार मध्ये केन्द्रीय आन्तरिक आम्दानीबाट १ अर्ब ४० करोड ९७ लाख ९१ हजार बेहोर्ने र बाँकी १२ अर्ब ९८ करोड ९ लाख ३९ हजार रुपियाँ विश्वविद्यालय अनुदान आयोग मार्फत नेपाल सरकारसँग अनुदान माग गर्ने प्रस्ताव आज पारित गरेको त्रिविको बजेटमा उल्लेख गरिएको छ ।

नियमावली संशोधन

सभाले त्रिवि आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धी नियम–२०५० मा सार्वजनिक खरिद ऐन–२०६३ एवम् सार्वजनिक खरिद नियमावली–२०६४ को प्रावधान अनुसार हुने गरी संशोधन गरेको छ ।

बैठक भत्ता बढ्यो

त्रिवि सभाका सभासदहरुलाई दिइदै आइरहेको बैठक भत्ता रु १६०० लाई संशोधन गरी ४, हजार पुर्याएको छ । त्यसैगरी कार्यकारी परिषदको बैठक भत्ता रु ८०० बाट रु २,००० पुर्याएको छ ।

त्रिविले ६० औं ग्रेस लिस्ट पारित,६३ हजार १ सय ३७ विद्यार्थी दीक्षित हुने

त्रिभुनवन विश्वविद्यालयको वार्षिक वैठकले ६० औं ग्रेस लिस्ट पारित गरेको छ । २०७८ असार १ देखि २०७९ जेठ मसान्त भित्र तोकिएका सम्पूर्ण आवश्यकता पुरा गरी स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि परीक्षा समेत उर्तीण गरी ट्रान्सक्रिप्ट समेत लिएका ६३ हजार १३७ विद्यार्थीहरुलाई दीक्षित गर्ने भएको हो ।

ग्रेसलिस्टमा व्यवस्थापन संकायको तर्फवाट २२ हजार ९४२, शिक्षाशास्त्र संकायबाट १५ हजार ६७, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १३ हजार ५०९, कानुन संकायवाट १ हजार ३ विद्यार्थीलाई दीक्षित गर्ने गरी ग्रेसलिस्ट पारि गरेको छ ।

त्यसैगरी, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ४ हजार ३७९, इन्जिनियरिङ्ग अध्ययन संस्थानका ३ हजार ४९३, चिकित्साशास्त्र अध्ययन संस्थानका २ हजार ४४, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका ४७६ र वनविज्ञान अध्ययन संस्थानका २२४ विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराउने आजको बैठकले निर्णय गरेको त्रिविले जानकारी दियो ।

सबै वर्गले सहज र सुलभ उच्च शिक्षा पाउनु पर्नेः प्रधानमन्त्री

धानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षालाई विश्व परिवेशअनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेकाछन् ।

त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आज आयोजित सो सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति देउवाले समाजका सबै वर्ग, समुदायले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा, सिर्जना राष्ट्र र समाजको लागि उपयोग गर्नसक्ने वातावरण निर्माणको राष्ट्रिय दायित्व रहेको जानकारी गराए ।

उनलेउच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीलाई आफ्नै देशमा उनीहरूका रुचि र बजारको मागअनुसार शिक्षा प्राप्त गर्ने वातावरण बनाई राष्ट्रको ठूलो धनरासी जोगाउन विश्वविद्यालयका पदाधिकारी समक्ष अनुरोध गरेका थिए ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले गौरवशाली इतिहास बोकेको सो विश्वविद्यालयबाट उत्पादित जनशक्तिले नै मुलुकको राजनीति, प्रशासन, शिक्षा र व्यवसाय धानिरहेको उल्लेख गर्दै विश्वविद्यालयको व्यवस्थापन तथा पदाधिकारीविरुद्ध पछिल्ला दिनमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधिमार्फत नाजायज माग पूरा गराउन भइरहेको असभ्य गतिविधिको अन्त्य हुनुपर्ने बताए ।

 त्रिविलाई राष्ट्रको इतिहास, संस्कृतिसँग सम्बन्धित विषयवस्तुलाई जोगाइराख्नुपर्ने, विश्वपरिवेशमा मानवहितका लागि सिर्जित नयाँ ज्ञान र प्रविधि प्रयोगको दायित्व बढाउने रहेको बताए । उनले सरकारले यसै वर्षको नीति कार्यक्रम तथा बजेटमा त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने लक्ष्य लिएकाले आफ्ना विगतको प्राज्ञिक यात्राको समीक्षा गरी प्रतिस्पर्धी शैक्षिक केन्द्रको रुपमा अघि बढ्न विश्वविद्यालयलाई आग्रह गर्दै आफूले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे

उपकुलपति प्राडा धर्मकान्त वास्कोटाले त्रिभुवन विश्वविद्यालयले विविध आर्थिक तथा व्यवस्थापकीय चुनौतीका बावजुत पनि उच्चशिक्षालाई प्रतिस्पर्धी व्यावहारिक र गुणस्तरीय बनाउन आफूहरु प्रयत्नशिल रहेको बताए ।

त्रिविले उच्चशिक्षाका लागि वर्षेनि हजारौं विद्यार्थी बाहिरिने समस्याको समाधान गर्न योजनाबद्ध ढंगले लागिरहेको जानकारी गराउदै एशियाका उत्कृष्ट विश्वविद्यालयहरुमा त्रिविले २०१ देखि २५० सम्ममा आफूलाई उभ्याउन सकेको दाबि गरे ।

उनले २०७२ सालको भूकम्पले जीर्ण भएको भौतिक संरचनाको पुननिर्माण हुन नसकेको, विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको उपदान तथा निवृत्तिभरणको दायित्व नलिएकोले निवृत्तिभरण व्यवस्थापनमा चुनौती थपिएको बताए ।

A Levels MA
Thuprai - Books and E-books