विद्यालय शिक्षा विधेयकले अभिभावकलाई उपेक्ष गरेको अभिभाजवकले गुनासो गरेका छन् । अभिभावकहरूले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आयोजना गरेको छलफलमा आफ्नो धारणा राख्दै अभिभावकहरूले विधेयकले ७० लाख अभिभावकहरूलाई उपेक्षा गरेको गुनासो गरेका हुन् ।
नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय शिक्षा विधेयकले अभिभावकहरूका विषयमा प्रवेश नै नगरेको बताए।
अभिभावकहरूलाई उपेक्षित गरिँदा विद्यालयहरू नै धराशायी बन्दै गएकोमा उनले जोड दिए । विधेयकमा विद्यार्थी भन्ने शब्द नै उल्लेख नगरिएको भन्दै आपत्ति जनाए । अभिभावक सङ्घहरूलाई राष्ट्रिय चिनारीको रूपमा विधेयकमा समावेश गर्नुपर्ने बताए ।
अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरीले शिक्षामा भइरहने गलत कुरा आम अभिभावककहाँ पुर्याउने काम गर्ने तर विधेयकमा अभिभावकको अस्तित्व नै नराखिएको बताए। राज्यले लगानी गरेको सामुदायिक विद्यालयमा कुनै चासो दिइएको छैन । ’हामीलाई संस्थागत विद्यालयको चिन्ता छ कुरा गर्छौ । तर राज्यको धेरै लगानी रहेको सामुदायिक विद्यालयको बारेमा भने कुनै चासो हुँदैन’ अध्यक्ष भण्डारीले भने।
गुणस्तर भनेको चिल्लो प्रमाणपत्र नभई गुणस्तरीय जीवन भएको बताउँदै त्यही आधारमा गुणस्तरीय शिक्षाको कुरामा जोड दिनुपर्ने बताए।
नेपाल राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष कोषबहादुर जिसीले संस्थागत रूपमा अभिभावकहरूमा पहिचान स्थापित हुनुपर्ने आफूहरूको माग रहेको बताए।
विदेशमा अध्ययनरत विद्यार्थीहरूको अभिभावक सङ्घका अध्यक्ष नवराज काफ्लेले विदेशमा कति विद्यार्थी पढिरहेको भन्ने तथ्याङ्क राख्न नसकिएको बताए।