CMAT

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त दिने प्रक्रिया रोकियो

Bachelors Portal

मध्यपश्चिम  र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाका लागि लिइ रहेको दरखास्त प्रक्रिया स्थगित भएको छ ।

 उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आज बसेको बैठकले  उक्त प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो । 

समितिले गत माघ २५  गते सूचना सार्वजनिक गर्दै दर्खास्त आव्हान गरेको थियो ।विश्वविद्यालय अनुदान आयोगमा इच्छुक प्राध्यापकले दरखास्त दिइरहेको समयमा आज समितिको आकस्मिक बैठक बसी सो प्रक्रिया स्थगन गर्ने निर्णय गरेको आयोगको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ ।  

Thuprai - Books and E-books
I Tech store