Bachelors Portal

नेविसंघमा उमेर हद कायम, अध्यक्षमा देउवाद्वारा राजीव ढुंगाना चयन

Managed Admission 2022

नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा ३२ वर्ष माथिका विद्यार्थीले भाग लिन नपाउने भएका छन् । नेविसंघको १२ अधिवेशनमा  सहभागी हुने प्रतिनिधिको उमेर हद कायम गरिएको हो ।

नेविसंघमा उमेर हद कायम गरिएसंगै अधिवेशन आयोजक तदर्थ समिति गठन गरिएको छ । नेपाली काङ्ग्रेसका पार्टी अध्यक्ष शेरबहादुर देउवाले नेविसंघको केन्द्रीय तदर्थ समिति अध्यक्षमा चयन गरेका छन् सुनसरीका अध्यक्ष राजीव ढुङ्गानालाई चयन गरेका छन् भने  महामन्त्रीमा काठमाडौं अध्यक्ष मनोज वैद्य र पाल्पाका अध्यक्ष महेश्वरी कुँवरलाई चयन गरिएको  नेपाली काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । बाँकी पदाधिकारी र सदस्यको मनोनय यथाशीघ्र गरिने भएको छ ।

विज्ञप्ति अनुसार तदर्थ कार्य समितिका पदाधिकारीले आगामी केन्द्रीय अधिवेशनमा भागलिन नपाउने भएका छन्।

Select college / campus