A Levels MA

क्बेष्टको २३ औं अन्तर्राष्ट्रिय सम्मेलन असोज  २८–३० सम्म हुने

विद्यार्थीको व्यक्तित्व विकासका लागि विद्यार्थी गुणीय चक्र (क्बेष्ट ) नेपालले   २३ औं अन्तर्राष्ट्रिय सम्मेलन असोज  २८, २९ र ३० गते सेन्ट जेभियर्स स्कुल गोदावरीमा आयोजना गर्ने भएको छ ।

क्बेष्ट नेपालले आज पत्रकार सम्मेलन गर्दै सम्मेलनमा भारत, बंगलादेश, श्रीलका र मौरिससबाट ९९ जना र नेपालका विभिन्न २० बटा हव सम्मेलन मार्फत छनौट भै आएका सामुदायिक तथा निजी विद्यालयका ६७६ विद्यार्थी, पर्यवेक्षक, शिक्षक, प्रधानाध्यापक तथा शिक्षाविद सहभागी हुने जानकारी दियो ।

विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बताउने  उद्देश्यले सन २००५ स्थापना भएको संस्था हो ।  हाल १३० भन्दा बढी विद्यालयमा सहपाठ्यक्रमको रुपमा विद्यार्थी गुणीय चक्र संचालन तथा पठन पाठन भइरहेको सम्मेलनमा जानकारी दिइयो ।

विद्यार्थी गणीय चक्रको अवधारणालाई नेपालमा प्रोफेसर दिनेश प्रसाद चापागाईले सन् १९९९ मा प्रयोगमा ल्याएका हुन् । विद्यार्थी गुणीय चक्रको अवधारणा सन १९६२ देखि जापानको उद्योगमा बस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न लागू गरिएको गुणीय चक्रबाट लिइएको हो ।

विद्यार्थी गुणीय चक विश्वास २५ भन्दा बढी देशहरुमा लोकप्रीय रहेको छ ।केही स्वदेशी र   ९९ जना अन्तर्राष्ट्रिय सहभागी प्रतिनिधिले का मामला अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Thuprai - Books and E-books