Bachelors Portal

काठमाडौँ मोडेल कलेजमा २०औँ दिक्षान्त समारोह सम्पन्न

बागबजारमा अवस्थित काठमाडौँ मोडेल कलेजमा २०औँ दिक्षान्त समारोह शनिबार सम्पन्न भएको छ ।

सो कार्यक्रमा यस कलेजमा अध्ययन गरी उत्तीर्ण भएका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई दिक्षित गरिएको हो ।

दिक्षित हुने विद्यार्थीलाई कार्यक्रमा सभापति, कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपश्चिामाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति उपेन्द्रकुमार कोइरालाले शपथ खुवाउनुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष एवं कार्यक्रमको मुख्य वक्ता सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा कलेज सभाहलमा सम्पन्न कार्यक्रममा १०० जना विद्यार्थी दिक्षित भएका थिए ।

विश्वविद्यालय अनुदान आयोगबाट यसै वर्ष गुणस्तर सुनिश्चतता तथा प्रत्यायन  प्राप्त कलेजबाट दिक्षित भएका विद्यार्थीहरूलाई उद्यमशिलतासँग जोड्नुपर्ने विचार राख्दै वैद्यले उनीहरूलाई नेपालमै बसेर केही न केही नयाँ काम गर्न सकिने बताए ।

त्रिभुवन विश्वविद्यालय अन्तरगतका विभिन्न परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीलाई सम्मान गरिएको थियो । कलेजले “केएमसी एक्सिलेन्सी अवार्ड”बाट बिबिएका सिम्रन आचार्यलाई ३० हजार रुपैयाँसहित सम्मानित गरेको थियो ।

कलेजले विद्यार्थीलाई अध्ययन अनुसन्धानमा लाग्न उत्प्रेरणा प्रदान गर्ने उद्येश्यले स्थापना गरेको २५ हजार रुपैयाँको “बेस्ट थेसिस अवार्ड” एमबिएसका रेबिका भण्डारी र एमएका युगल श्रेष्ठलाई सम्मानित गरेको थियो ।

१० हजार रुपैयाँको केएमसी एकेडेमिक एक्सिलेन्स अवार्ड बाट एमए का गोकर्ण ओझा, एमबिएसका रेबिका भण्डारी, बिबिएसका चाँदनी कुमारी झा र बिबिएका श्रुती भटराईलाई सम्मान गरिएको थियो ।

बेस्ट अन्डरग्राजुएट रिसर्च अवार्डबाट मोनिका लामा, कुशल उप्रेती मेरिजन राई, नवीन महतो। शान्ति भटराई, सानु तामाङ र आश्मा चौधरीलाई सम्मान गरिएको थियो । सो पुरस्कार रकम क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार रहेको थियो ।

कार्यक्रममा आइडिया स्टुडियोका प्रबन्ध निर्देशक छिरिङ लामाले विद्यार्थीको समग्र विकासका लागि उनीहरूलाई नवप्रवर्तमा जोड दिँदै देशको निम्ति नयाँ काम गर्नुपर्ने विचार राखे ।

कार्यक्रममा कलेज पूर्व विद्यार्थी मञ्चका अध्यक्ष तथा आइएमई लाइफ इन्सुरेन्सका सिइओ कवि फुयाँल, आइएलओका अन्र्तराष्ट्रिय परियोजना कार्यक्रम संयोजक प्रकाश शर्माले मन्तव्य राखेका थिए । 

वि.स. २०६० सालमा स्थापित कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका एमबिएस, एमए अङ्ग्रेजी, बिबिए, बिबिएम, बिबिएस, बिसिए, बिएसडब्लु कार्यक्रम सञ्चालनमा रहेका छन् ।

विश्वविद्यालयबाट निर्धारित पठ्यक्रमका अलावा विभिन्न शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको यस कलेजले शिक्षक तथा विद्यार्थीलाई विभिन्न तालिमहरू दिँदै आएको छ । विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गरी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् विद्यार्थी उत्पादन गर्ने मूख्य लक्ष्य राखेको कलेजले पठनपाठन सँगसँगै विभिन्न क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउँदै आएको कलेज प्रमुख सुरेन्द्र सुवेदीले बताए ।

शैक्षिक पूर्वाधार सम्पन्न काठमाडौँ मोडेल कलेज यसै वर्ष देशभरका निजी कलेजतर्फ नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट शैक्षिक संस्थाको रुपमा सम्मानित भएको थियो ।

कलेज प्रमुख प्राचार्य सुरेन्द्र सुवेदीले स्वागत मन्तव्य दिएका थिए भने दिक्षान्त समारोहको मुल कार्यक्रम आइक्युएसी प्रमुख ध्रुवप्रसाद तिमिल्सिनाले सञ्चालन गरेका थिए ।

 

Thuprai - Books and E-books