After SEE Portal

औषधी र खाद्यान्न जस्तै पाठ्यपुस्तक किन्न सकिने

Bridge Course

उपयुक्त वैकल्पिक माध्यमको प्रयोग गरी बागमती प्रदेशका विद्यालयमा भर्ना कार्यक्रम लागु गरिने भएको छ । सो प्रदेशको सामाजिक विकास मन्त्रालयले वार्षिक परीक्षाको नतिजा तत्काल प्रकाशन गर्ने व्यवस्था मिलाउँदै भर्ना कार्यक्रम अगाडि बढाउन आफ्नो मातहतका सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सामाजिक विकास मन्त्रालयहरु बिच भएको भर्चुअल कन्फरेन्स, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र सामाजिक विकास मन्त्रालयका सचिव, महाशाखा प्रमुख तथा शिक्षा विकास निर्देशनालयका निर्देशकहरु बिच भएका छलफल तथा यस मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, शिक्षक महासंघका प्रतिनिधि लगायत शिक्षा क्लष्टरका प्रतिनिधिहरू बिच भएको छलफलका आधारमा मन्त्रालयले बन्दाबन्दीको समयमा उपयुक्त वैकल्पिक माध्यम अपनाउँदै यी कार्यक्रम अगाडि बढाउन सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

बन्दाबन्दी तथा सामाजिक दूरीलाई कायम राख्दै नतिजा प्रकाशन पश्चात् विद्यालयहरुले विद्यार्थीलाई यथासम्भव कक्षागत पाठ्यपुस्तकहरुको व्यवस्था औषधीजन्य वा अन्य खाद्य सामग्री सरह सामाजिक दुरी कायम गर्दै सुरक्षा सतर्कता अपनाउने र ढुवानीको लागि सवारी साधन पास उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुसँग समन्वय गर्ने र सोका लागि थप निर्देशन आवश्यक भएमा स्थानीय तह मार्फत आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने सो मन्त्रालयले निर्णय गरेको मन्त्रालयका अधिकृत दिपेन्द्र सुवेदीले जानकारी दिए ।

बन्दाबन्दीको अवधिभर वा नियमित कक्षा सुरुवात नहुँदासम्म बालबालिकाहरुलाई घरैमा बसेर सिक्ने अवसर सुनिश्चित गर्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमबाट प्रसारण भइरहेका दूर शिक्षा कार्यक्रम लगायत अन्य वैकल्पिक अनलाइन तथा अफलाइन सिकाइका अवसरहरुमा बालबालिकालाई सहभागी हुने व्यवस्था मिलाउने मन्त्रालयले पहल गरिरहेको अधिकृत सुवेदीले जानकारी दिए ।

 

A Levels MA
Thuprai - Books and E-books