CMAT

दुई दिन भित्र शिक्षकको जिलान्तर सरुवा फुकुवा हुने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले रोकेको शिक्षकको जिलान्तर सरुवा दुई दिनभित्र फुकुवा गर्ने तयारी गरेको छ । 

मन्त्रालयले ’शिक्षक सरुवा मापदण्ड’ बनाउने भन्दै स्थगित गरेको जिल्लान्तर सरुवा खुला गर्ने तयारी गरेको हो ।

शिक्षा मन्त्रीको निजी सचिवालयका अनुसार शिक्षक सरुवाको मापदण्ड अन्तिम चरणमा पुगेको हुँदा उक्त मापदण्ड सार्वजनिक गरेर  सरुवा फुकुवा गर्ने तयारी गरेको छ ।

सचिवालयका अनुसार आज वा भोलिसम्म प्राविधिक कठिनाइ नआएमा   शिक्षक सरुवा खुला हुने छ । मापदण्डका विषयमा व्यापक छलफल गरेरमात्र शिक्षक सरुवा फुकुवा हुने भएको छ ।

मापदण्ड बनाउनका लागि केही दिन अगाडि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग छलफल गरेकी थिइन । छलफलमा सहभागीहरूले जिल्लान्तर सरुवा बाह्रै महिना हुने व्यवस्थालाई शैक्षिक सत्रसँग मिलान हुनेगरी वर्षको एक पटक मात्र हुनुपर्ने, शिक्षक पदपूर्तिका लागि दरबन्दी लुकाएर विज्ञापनमा नपठाउनेलाई कारबाहीको प्रावधान, शिक्षकलाई पायक पर्ने र स्वार्थको द्वन्द्व नहुने ठाउँमा सरुवा गर्नुपर्ने लगायतका सुझाव दिएको सचिवालयले जनाएको छ ।

Thuprai - Books and E-books