प्राविधीक शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढ्दो

५४२४९ भर्ना भए 

भक्तपुर । प्राविधीक तथा व्यवसायिक सिप तालीम तर्फ विद्यार्थीको आकर्षण बढेको पाइएको छ । परिषद्को पछिल्लो तथ्याकं अनुसार २०७५ मा ५४ हजार दुई सय ४९ विद्यार्थीहरु भर्ना भएका छन् ।

 टी.एस.ई.ईमा २५ हजार ९ सय ७१ र डिप्लोमा तहमा २८ हजार दुइ सय ७८ भर्ना भएका हुन् । जसअन्तर्गत् डिप्लोमा तह अन्तर्गत् स्वास्थ्य समुह तर्फ ११ हजार आठ सय २२ जना, इन्जिनीयरीङ समुह तर्फ ९ हजार तीन सय ६८, कृषि समुह तर्फ ६ हजार आठ सय आठ, होटेल व्यवस्थापनतर्फ दुइ सय जना विद्यार्थी भर्ना भएको देखिन्छ ।

यस्तै, टी.एस.इ.इ अन्तर्गत् स्वास्थ्य समुह तर्फ ६ हजार आठ सय ५९ जना, इन्जिनीयरीङ समुहतर्फ ९ हजार ८७, कृषि समुह तर्फ ९ हजार सात सय ६८ जना भर्ना भएको देखिन्छ ।


स्वास्थ्य समुह तर्फ स्टाफ नर्स, फार्मेसी, रेडियोग्राफि, फिजीयोथेराफि, डेन्टल साइन्स, एच.ए लगायत पर्छन् । यस्तै, इन्जिनियरीङ समुह तर्फ कम्प्यूटर इन्जिनीयरीङ, मेकानीकल इन्जिनीयरीङ, सिभील इन्जिनीयरीङ, इलेक्ट्रीकल इन्जिनीयरीङ, इनफरमेसन टेक्नोलोजि लगायत पर्दछन् । कृषि समुह तर्फ जनावर विज्ञान, कृषि विज्ञान, फरेष्ट्रि, फुड टेक्नोलोजी लगायत पर्छन् ।  


अहिले परिषद् अन्तर्गत् आंगीक ४५, सम्वन्धन प्राप्त ४२९ र ३ सय ९७ वटा विद्यालयहरुमा प्राविधीक शिक्षा तथा व्यवसायिक तालीमका कक्षाहरु हुँदै आएको छ । परीषद्का सूचना अधिकारी अनिल वज्राचार्यका अनुसार तालीम लिएका मध्ये ६० प्रतिशत रोजगारमा संलग्न छन् । 

शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले सरकारले प्रत्येक स्थानिय तहमा प्राविधीक शिक्षा पुर्याउने लक्ष्य राखेको बताए ।