Bachelors Portal

शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थीको नतिजासँग जोड्नुपर्ने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थीको नतिजासँग जोड्नुपर्ने बताएकी छिन् ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित समारोहलाई समबोधन गर्दै उनले नमुना बनाएका विद्यालयको नतिजा खस्कँदै गएको बताइन् । ‘हामीले नै नमूना बनाएका विद्यालयको नतिजा खस्कँदै जानुमा हामीबाहेक अरु जिम्मेवार छैन ।’ उनले भनिन्, ‘यसको गम्भीर समीक्षा गर्दै शैक्षिक प्रणालीलाई  सुधार गर्न हामी तयार छौं ।’

उनले सम्बोधनका क्रममा विद्यालय शिक्षा सम्बन्धी विधेयक छिटै पारित गर्न पहल गरिरहेको  बताइन् । ‘स्थानीय विद्यालय नक्साङ्कन गरी विद्यालयको सेवा क्षेत्र तोक्न तथा स्थानीय तहभित्रका बालबालिकाको आधारभूत शिक्षासम्म पहुँचको अवस्था  यकिन गर्न कार्यान्वयन ढाँचा विकास गरिएको हो”, उनले भनिन्, ‘यसअनुसार स्थानीय तहबाट शिक्षा योजना निर्माण गर्ने तथा तीनै तहका सरकार र गैरसरकारी क्षेत्रसँग साझेदारीको ढाँचा विकास गरी शिक्षा कोषको स्थापना गरेर शिक्षा प्राप्तिको हकलाई प्रभावकारी बनाइने छ ।’

Thuprai - Books and E-books