After SEE Portal

​शिक्षक सक्षमताको मापदण्ड यसरि हुने –राष्ट्रिय शिक्षा नीति, २०७६

Bridge Course

सबै प्रकारका विद्यालयका शिक्षकका लागि राष्ट्रिय शिक्षक सक्षमताको मापदण्ड निर्धारण गरी सोही आधारमा शिक्षक तयारी गर्ने र शिक्षक सक्षमताका आधारमा निरन्तर पेशागत विकास कार्य सञ्चालन गर्ने गरी शिक्षा मन्त्रालयले नीति तयार पारेको छ । 


मन्त्रीपरिषद्बाट स्विकृतिको अन्तिम चरणमा रहेको भनिएको राष्ट्रिय शिक्षा नीति, २०७६ मा शिक्षकले स्वअध्ययनबाट समेत सक्षमता हासिल गर्न सक्ने विकल्प प्रदान गरिने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

सबै प्रकारका विद्यालयमा अध्यापन गर्ने शिक्षकका लागि राष्ट्रिय शिक्षक सक्षमताको मापदण्ड निर्धारण गरी सोको आधारमा शिक्षक तयारी गर्ने र शिक्षक सक्षमताका आधारमा निरन्तर पेशागत विकास कार्य सञ्चालन गर्ने राष्ट्रिय शिक्षा नीति, २०७६ को नितिको मस्यैदामा ‘शिक्षक सक्षमताको प्रारुपको पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयनमा ल्याइने’ भनिएको छ । 

शिक्षक छनौट तथा बढुवाको प्रक्रियामा शिक्षक सक्षमतालाई आधार बनाइने भन्दै उक्त नीतिमा विद्यालय तहमा शिक्षकको निरन्तर पेशागत विकास गर्न प्रधानाध्यापकलाई जिम्मेवार बनाउनुका साथै शिक्षकको निरन्तर पेशागत विकास कार्यलाई विद्यार्थी सिकाइ उपलब्धीलाई अवबद्ध गरिने प्रस्ताव गरिएको छ ।  

शिक्षक तालिमको लागि स्थानीय तहको सिफारिसमा प्रदेश सरकारले शिक्षण एकेडेमी वा शिक्षण कलेज संग सम्झौता गर्ने र सम्झौता बमोजिम शिक्षकको क्षमता विकास तालिम सञ्चालन गरी क्षमता अभिबृद्धि गर्ने भन्दै उक्त नीतिमा आवश्यकता अनुसार शिक्षक विकासका लागि सरकारको लगानीमा वैदेशिक अध्ययन भ्रमणमा समेत पठाउने प्रवन्ध मिलाइने उल्लेख छ ।

 सफल र राम्रो कामबाट ख्याति कमाएका प्रधानाध्यापक र शिक्षकहरूको रोष्टरबाट लामो विदाको समयमा विद्यालयगत वा क्षेत्रगत छोटो अवधिको शिक्षक तालिम सञ्चालन गर्ने व्यवस्था गरिने र शिक्षकलाई प्रत्येक दुई वर्षमा सघन पुर्नजागरण तालिमको व्यवस्था गरिने नीतिमा उल्लेख छ ।

सूचना तथा सञ्चार प्रविधिको विकासलाई ध्यान दिदैं तालिम दिने पद्धतिमा समेत परिमार्जन गर्न आवश्यक रहेको भन्दै उक्त नीतिको मस्यौदामा आमने सामने, विद्यालयमा आधारित, मिश्रित, अनलाईन तथा भर्चुअल पद्धतिका तालिम सञ्चानल गरिने पनि उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books