उत्तर पुस्तिका परीक्षणको काम अब मेसिनबाट

काठमाडौं 

शिक्षक सेवा आयोगले उत्तर पुस्तिका परीक्षणको काम मेसिनबाट गर्ने तयारी थालेको छ ।

 वस्तुगत खण्डको उत्तर पुस्तिका परीक्षणको काम मेसीनबाट गर्ने गरी काम थालीएको आयोगले जनाएको छ ।  अध्यापन अनुमति पत्र लाईसेन्सको परीक्षाबाट आयोगले पहिलो पटक अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनको प्रयोग गर्ने भएको हो । 

                                       



मेसिनबाट परीक्षण गरिने उत्तर पानालाई मोड्न वा कुच्याउनु हुँदैन । यस्तै उत्तर दिदाँ पनि कुनै एक उत्तरमा उसै गरी मसी भर्नु पर्ने हुन्छ । वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक उत्तरको लागि २०  प्रतिशत अँक कट्टा गरिने आयोगले जनाएको छ । 

परीक्षालाई चुस्त र परीक्षणमा त्रुटि कम गर्ने तथा लाग्ने समय बचत गरी छिटो नतिजा निकाल्न प्रविधिको प्रयोग गर्ने निर्णय गरेको आयोगका  प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए ।