SEE Result 2082

टीबीसी मार्केट प्लेस सम्पन्न

द ब्रिटिस कलेजले ‘टीबीसी मार्केट प्लेस’ इभेन्ट आयोजना गरेको छ। लेभल ३ बीबीए करिकुलमको एक भागको रूपमा डिजाइन गरिएको उक्त कार्यक्रममा पहिलो वर्षका विद्यार्थीद्वारा १८ वटा स्टलको व्यवस्था गरिएको थियो।

सबै स्टलमार्फत स्थानीय व्यवसायीका विभिन्न उत्पादन बिक्री गरिएको थियो। थापाथलीस्थित ट्रेड टावरको कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीलाई व्यावसायिक दृष्टिकोण, स्पोनसर्सिप प्राप्त गर्ने, ब्राण्ड डिजाइनिङ, उत्पादनको बिक्रीवितरणजस्ता काम दिइएको थियो।

उक्त प्राक्टिकल एसाइन्मेन्टमा कुल ग्रेडको ४० प्रतिशत योगदान हुने कलेजले जनाएको छ। कार्यक्रममा एक हजार ५०० भन्दा बढीले सहभागिता जनाएका थिए।

उक्त प्राक्टिकल एसाइनमेन्टबाट कुल ग्रेडको ४० प्रतिशत योगदान हुनेछ बाँकी प्रक्रिया अन्तर्गत परोपकारमा दान गरिने जानकारी दिए ।

कार्यक्रममा रहेका स्टलहरु बिहान ८ः३० बजेदेखि बेलुका ४ बजेसम्म खुल्ला रहेका थिए जसमा तातो खानादेखि डेजर्ट, गहना, कला, कस्मेटिक र मोबाइलका सामाग्रीहरुसम्म थिए । उक्त कार्यक्रममा आउने सबैलाई कलेजको दुवै द्वारबाट स्वागत गरिएको थियो । उक्त इभेन्टमा १५०० जनाभन्दा बढीको सहभागिता थियो ।

+2 School
Counseling
Bachelors Portal