SEE Result 2082

टीबीसीले अत्याधुनिक भीआर ल्याब सञ्चालनमा ल्यायो

द ब्रिटिस कलेज (टीबीसी) ले अत्याधुनिक भर्चुअल रियालिटी  (भीआर) ल्याब  सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारदेखि अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो। ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरूले नयाँनयाँ कुरा सिक्न, अनुसन्धान गर्न  पाउने  कलेजका कार्यकारी अधिकृत राजन कँडेलले बताए । 

कलेजको गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धतामा सहयोग पुर्‍याउन पनि ल्याब महत्त्वपूर्ण हुने उनको दाबी छ ।  ‘कलेजले अत्याधुनिक भीआर ल्याब सञ्चालनमा ल्याएका छ,’ उनले भने,  ‘अत्याधुनिक ल्याबमार्फत विद्यार्थीहरूले डिजिटल युगका लागि आवश्यक पर्ने सिप र ज्ञानको अभिवृद्धि गर्ने मौका पाउनेछन्। साथै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिवद्धता पनि यो कामले पुष्टि गर्ने हामीले विश्वास गरेका छौं।’कार्यक्रममा फिन्टेक एसोसियसन अफ नेपालका अध्यक्ष सन्जिव सुब्बाले विद्यार्थीका लागि प्रत्यक्ष सिप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर मिलेको बताए।

‘ब्रिटिस कलेजको आफ्नो पाठ्यक्रममा भीआर समावेशले उत्साहित बनाएको छ,’ उनले भने, ‘कलेजले नयाँ प्रविधिलाई यसरी अँगाल्नुले टेक्नोलोजी क्षेत्रमा ठूलो कदम चालेको प्रष्ट हुन्छ।’भीआर ल्याबमा अत्याधुनिक सप्टवेयर र आवश्यक उपकरणहरू जस्तैः भीआर हेडसेट, कन्ट्रोलर, सेन्सर, इमर्सिभ शैक्षिक एप्लीकेसनलगायत समोवश छन्।

त्यस्तै कलेजका उपप्रध्यापक डा प्याट्रिक म्याक क्रुडडेनले ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीलाई अत्याधुनिक प्रविधिमार्फत अध्यापन गराउँदै आएको बताए।

+2 School
Counseling
Bachelors Portal