
त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन भइरहेको छ ।

कपिलवस्तुको शिवराजमा रहेको समयथान बहुमुखी क्यापसमा भइरहेको स्वावियु निर्वाचनमा मतदान गर्दै विद्यार्थी ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत आइतबार नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानमा गर्दै मतदाता विद्यार्थी । यहाँ चार प्यानलबीच प्रतिस्पर्धा रहेको छ भने मतदाता विद्यार्थीको सङ्ख्या एक हजार एकसय ४३ जना रहेका छन् ।

जुम्ला बहुमुखी क्याम्पस जुम्लामा आइतबार हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु) को निर्वाचनका लागि क्याम्पसमा चहलपहल । पहिला सुनसान हुने क्याम्पसमा अहिले स्ववियु निर्वाचनले विद्यार्थी नेतादेखि विद्यार्थीमा चासो बढेको छ । आठवटा विद्यार्थी सङ्गठनले निर्वाचनमा भाग लिएको जुम्ला बहुमुखी क्याम्पसले जनाएको छ ।

शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता ।

जनकपुरधामको राम स्वरुप रामसागर बहुमुखी क्याम्पसमा हुन गइरहेको स्वतन्त्र विधार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि क्याम्पस परिसरबाहिर विद्यार्थीको घुइँचो ।
काठमाडौँको क्षत्रपाटी धोबीचौरस्थित पब्लिक युथ क्याम्पसमा स्वतन्त्र विधार्थी युनियनको आइतबार भएको निर्वाचनमा मतदान गर्नेका लागि लामबद्व विधार्थी ।