नेपाल सरकार
राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा कक्षा १0, सानोठिमी, भक्तपुर पूरक परीक्षा २०७५ को समय तालिका सम्बन्धी सूचना
सूचना प्रकाशित मिति २०७६/०३/१८
राष्ट्रिय परीक्षा बोर्डको मिति २०७६/०३/१४ को निर्णयानुसार २०७५ साल चैत्रमा सञ्चालित परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढिमा दुई विषयसम्म सैद्धान्तिक तर्फ सी वा सी भन्दातलको ग्रेड प्राप्त गर्ने वा बढिमा दुई विषयको परीक्षामा अनुपस्थित भएका परीक्षार्थीहरुको लागि २०७५ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक परीक्षा देहाय बमोजिमको समय तालिका अनुसार सञ्चालन गर्ने-गराउने निर्णय भएकाले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
समय तालिका परीक्षा सञ्चालन समय : बिहान ८:00 बजे देखि ११:00 बजेसम्म
क्र.सं | मिति | विषय |
१ | २०७६ साल श्रावण २६ गते आइतवार | > एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सवै विषय > दई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले दिने विषयहरु मध्येको सानो कोड नं. भएको विषय | |
२ | २०७६ साल श्रावण २७ गते सोमवार | दुई विषयमा परीक्षा दिने पक्षिार्थीहरुको दोस्रो ठूलो कोड नम्वरको बिषय |
द्रष्टव्य
• यस वर्षको पूरक ग्रेडवृद्धि परीक्षा दुई दिन मात्र सञ्चालन हुने छ । एक विषयको परीक्षामा मात्र सहभागी हुने परीक्षार्थीहरुले जुनसुकै विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिनमै परक्षिामा सहभागी हुनुपर्ने छ ।
• दुई विषयमा परीक्षा दिने परीक्षार्थीले आफूले दिने विषयमा मात्र ठूलो अङ्क कोड भएको विषयहरुमा मात्र दोस्रो दिनको परीक्षामा सहभागी हुन पाउने छन् ।
• कुनै आकस्मिक बिदा पर्न गएमा पनि राष्ट्रिय परीक्षा बोर्डको पूर्व सूचना विना परीक्षा स्थगित हुनेछैन ।
• ग्रेड वृद्वि परीक्षाको परीक्षा केन्द्र जिल्ला सदरमुकाममा मात्र हुनेछ ।
• परीक्षा हलमा प्रवेश गर्न प्रवेशपत्र अनिवार्य हुने छ । परीक्षार्थीको सि.नं. माध्यमिक शिक्षा परीक्षा २०७५ को नियमित समूहकै कायम हुने छ ।
• परीक्षा केन्द्रहरुको जानकारी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइबाट हुनेछ ।
• तोकिएको केन्द्र र तालिकाअनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीहरुलाई परीक्षाको अर्को व्यवस्था गरिने छैन ।
• प्रवेशपत्रमा उल्लेख भएको सिम्बोल नम्बरबाट नै परीक्षा दिनुपर्ने छ । प्रवेशपत्रमा उल्लेख भएको सि.नं. परिवर्तन हुने छैन । कोड नम्बरमा परीक्षा दिएमा सो परीक्षा स्वतः रद्द हुनेछ ।
• परीक्षा आवेदन फाराम राष्ट्रिय परीक्षा बोर्ड वा यस कार्यालयको वेभसाइटवाट डाउनलोड गरी प्रति विद्यार्थी रु. ५००।- राजश्व सहित विद्यालय मार्फत प्रवेशपत्र तथा ग्रेडशीटको प्रतिलिपि संलग्न गरी शिक्षा विकास तथा समन्वय इकाइमा मिति २०७३/०४/१५ भित्रमा बुझाइ सक्नुपर्नेछ । परीक्षा सम्बन्धी कुनै कुरा स्पष्ट नभएमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको फोन नं. ०१६६३००७०, ०१६६३११४६ वा ०१६६३०७३९ मा सम्पर्क गर्न सकिनेछ । यो विवरण राष्ट्रिय परीक्षा बोर्डको website : www.neb.gov.np तथा यस कार्यालयका www.see.gov.np मा पनि हेर्न सकिनेछ ।
जानकारीको लागि कोइ नम्वर र विषयको विवरण तपशिल बमोजिम कायम गरिएको छ ।