Bachelors Portal

प्रिन्सिपल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सुवेदी

Managed Admission 2022

शिवपुरी मा।वि।, महाराजगञ्जका प्रधानाध्यापक प्रकाश सुवेदीको अध्यक्षतामा प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल काठमाडौं जिल्ला समिति गठन भएको छ ।

समितिमा  अन्य २५ सदस्य रहेका छन् र  समितिको उपाध्यक्ष खगेन्द्र प्रसाद रिमाल नागार्जुन नगरपालिका , सचिव रिता तिवारी काठमाडौं महानगरपालिका, सहसचिव रुद्र कोइराला वुढानिलकण्ठ र कोषाध्यक्ष देवराज महर्जन किर्तीपुरलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

त्यसैगरि काठमाडौं महानगरपालिका लगायतका सवै ११ स्थानीय तहका प्रधानाध्यापकहरू समावेश भएको २५ सदस्यीय समिति गठन गरेको हो ।

नवनिर्वाचित समितिलाई प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष टिकाराम पाण्डे, महासचिव लक्ष्मण श्रेष्ठ र सदस्य यमनाथ चौलागाँईले वधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा काठमाडौं जिल्ला क्षेत्र नं। ५ का संघीय सांसद प्रदीप पौडेल प्रमुख अतिथि र शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख विचारीप्रसाद अधिकारी विशेष अतिथि थिए ।

प्रमुख अतिथि पौडेलले प्रधानाध्यापकहरूको सीप र क्षमताको वृद्धि तथा विकासले मात्र विद्यालय अब्बल हुने बताए । उनले एउटै व्यक्तिले प्रशासनिक र शैक्षिक नेतृत्व लिनु पर्ने भएकोले यो आफैमा चुनौतिपूर्ण भएकोले प्रधानाध्यापकहरूको विषय माग र मुद्दामा एकाकार भइ संघीय संसदमा आवाज उठाउने साथीको रुपमा आफूलाई लिन अनुरोध गरे ।

विशेष अतिथि शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख अधिकारीले आफू पनि विद्यालयको प्रधानाध्यापकको भूमिका निर्वाह गरेको व्यक्ति भएकोले प्रधानाध्यापकको कार्य क्षेत्र, कार्यव्यस्तता र नेतृत्व शैलीका वारेमा परिचित रहेको बताए । उनले यो एसोसिएसनले प्रधानाध्यापकका विषयवस्तु, विद्यालयका समयसामयिक एजेण्डा र एक्काइसौ शताव्दीको शैक्षणिक नेतृत्वजस्ता सवालमा आवश्यक काममा ध्यान दिनुपर्ने सुझाव दिए।

Select college / campus